२७ श्रावण २०८२, सोमबार | Mon Aug 11 2025

Radio Khabar Palika

३१औं विश्व आदिवासी जनजाति दिवस धनकुटामा विविध कार्यक्रमसहित सम्पन्न भिडियाे सिहत



२४ साउन २०८२, धनकुटा । धनकुटामा ३१ औं विश्व आदिवासी जनजाति दिवस विभिन्न सांस्कृतिक तथा औपचारिक कार्यक्रमहरू आयोजना गरी मनाइएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति धनकुटाको आयोजना तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा महासंघका सल्लाहकार जयपूर्ण भुजेलले धनकुटाको वर्तमान अवस्था तथा आदिवासी जनजातिले आगामी दिनमा गर्नु पर्ने कामको विषयमा प्रकास पारेका थिए । दिवसकै अवसरमा आठपहरिया राई समुदायको म्युजिक भिडियो लोकार्पण समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आदिवासी जनजातिको भाषा, संस्कृति र पहिचान संरक्षण तथा प्रवद्र्धनका लागि एकजुट भएर अघि बढ्न सहभागीहरूलाई आह्वान गरे । उनले आदिवासी जनजातीको सस्कार सस्कृतीको प्रचार प्रसार र प्रबद्र्धन गर्न धनकुटा नगरपालिका सधै सहयोगी बन्ने बताए । उनले आठपहरीया जातीले निमार्ण गरेको विभिन्न गित संगितलाई नगरपालिकाले खरिद गरि आठपहरीया संग्रहनलयमा राख्ने पनि बताए । कायर््क्रममा महासंघका पूर्व अध्यक्षहरु र एक्कल जातिय सस्थाका प्रमुखहरुले धनकुटाका आदिवासीहरुको हक अध्यक्षतामा अधिकारका लागि एक भएर लड्ने प्रतिबद्धता जनाएका छन । महासंघ धनकुटाका अध्यक्ष नविनकिश्वर शाक्यकोसम्पन्न कार्यक्रममा विभिन्न जातिय सस्थाहरुले झाकी प्रद्र्धशन समेत गरेका थिए ।https://www.facebook.com/100092301627231/videos/1138420495021776