२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

Radio Khabar Palika

बहुविवाहलाई कानुनी मान्यता दिने मस्यौदा प्रति अन्तरपाटी महिला संजाल धनकुटाद्वारा विरोध



२० साउन २०८२,धनकुटा ।सरकारले मुलुकी अपराध संहिताको धारा १७५ संशोधन गरी बहुविवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यता दिने प्रस्तावित मस्याौदा खारेजीको माग गर्दै धनकुटाका महिलाहरुले जिल्ला प्रशासन कार्यालय धनकुटामा ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलबार नेपाल महिला संघ र अन्तरपाटी महिला जिल्ला संजाल धनकुटाले संयुक्त रुपमा सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा उक्त ध्यानाकर्षण पत्र बुझाएका हन् । ध्यानाकर्षण पत्रमा राज्य र सम्बन्धित निकायहरुलाई उक्त मस्यौदालाई तुरुन्त खारेज गर्न, कानून निर्माण प्रक्रियामा महिला अधिकारकर्मीहरुको अनिवार्य सहभागित सुनिश्चित गर्न र महिलाको हक–अधिकार तथा आत्मासम्मानको संरक्षण गर्न दृढ प्रतिवद्धत रहन आह्वानसहितका बँुदा ध्यानकार्षण पत्रमा उल्लेख गरिएको छ । बहुविवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यता दिने प्रस्तावित मस्र्यौदा महिलाहरुमाथि ठूलो अन्याय र बज्रपात हुने उनिहरुको भनाई छ । सरकारले गरेको मुलुकी अपराध संहिताको धारा १७५ संशोधन मसौदा तत्काल रोक्नका लागि उक्त ध्यानाकर्षण पत्र बुझाएको अन्तरपाटी महिला जिल्ला संजाल धनकुटाकी अध्यक्ष अम्बिका धमलाले बताईन् ।


यस्तै ध्यानाकर्ष पत्र बुझाउँदै संशोधित मस्यौदाले महिलालाई कानुनी सुरक्षाबाट वञ्चित गराउँदै आत्मासम्मान र वैवाहिक अधिकारमा गम्भिर हस्तक्षेप गर्ने प्रयास गरेको उनिहरुको भनाई छ । ध्यानाकर्षण पत्र बुझ्दै साहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र सुवेदीले सम्बन्धित निकायमा पत्र पठाउने बताए ।