
१६ साउन २०८२,धनकुटा । धनकुटामा हरेक शुक्रबार चियासँग कविताको २५ औं सृङ्खला एवम् रजत सृङ्खलाको अवसरमा कविता प्रतियोगिताको आयोजना गरीएको छ । शुक्रबार रेडियो धनकुटा एम.एम. १०६.२ मेगाहर्जको संयोजनमा खुल्ला कविता प्रतियोगिताको आयोजना गरीएको हो ।
प्रतियोगितामा धनकुटाकी जोत्सना अधिकारी प्रथम ,दृष्टि श्रेष्ठ द्वितिय र समिक्षा अधिकारी तृतिय भएका छन् भने डि.आर फूयाल सान्तवना भएका छन । प्रतियोगिताका प्रथम, द्वितिय, तृतिय र सान्तवना हुनेहरुलाई क्रमश ः नगद रु २५००, १५००, १००० र ५०० रपैयाँ साथै प्रमाण पत्र वितरण गरिएको थियो । प्रतियोगितामा उत्कृष्टहुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथी पूर्व मन्त्री खानेपानी मन्त्री एवम धनकुटाबा निर्वाचित संघिय सांसद राजेन्द्र कुमार राई, जिल्ला समन्वय समिती अध्यक्ष निरन तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए । २५ औं सृङ्खलाको अवसरमा खुल्ला कविता प्रतियोगिताको आयोजना गरीएको हो । प्रतियोगितामा जम्मा २९ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा धनकुटामा रहेर विभिन्न विधामा कलम चलाउदै आएका कवि तथा गजलकारहरुले समेत रचना वाचान गरेका थिए ।