२१ श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025

Radio Khabar Palika

नेपाल आदिवासी जनजाति महासंघले मौलिक रुपमा विश्व आदिवासी दिवस मनाउने



१८ साउन २०८२,काठमाण्डौ । नेपाल आदिवासी जनजाति महासंघले यस बर्षपनि मौलिक रुपमा विश्व आदिवासी दिवस मनाउने जनाएको छ ।

महासंघले आईतवार काठमाडौंमा सम्मेलन गर्दै प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, आइएलओ १६९ सम्बन्धी सर्वोच्चको निर्देशनात्मक आदेश कार्यान्वयन गर भन्ने नाराका साथ साउन २४ गते ३१ औं विश्व आदिवासी दिवस मनाउने जनाएको हो । दिवसका अवसरमा सप्ताहव्यापी रुपमा विभिन्न जातीय समुदायहरूको झाँकी तथा ¥याली प्रदर्शन एवं विविध कार्यक्रमहरू प्रस्तुत गरिने महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । त्यस्तै दिवसका अवसरमा आयोजना हुने मूल समारोहमा बिभिन्न जातिय संस्थाहरुबाट आ–आफ्नो मौलिक नृत्यहरु प्रस्तुत हुने उहाले बताउनुभयो । विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।