१७ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025

Radio Khabar Palika

धनकुटाको सहिदभूमीमा सुकुम्वासी र अव्यवस्थितहरुलाई जग्गा धनी पूर्जा वितरण गरिने



१४ साउन २०८२,धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकामा पनि भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई जग्गा उपलब्ध गराई जग्गा धनी पूर्जा वितरण गर्ने तयारी गरिएको छ । बुधबार सहिदभूमी गाउँपालिकामा सरोकारवलासँग बैठक तथा दोस्रो चरणको अभिमूखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राईले सवै वडाका वडाध्यक्ष तथा सचिवहरुलाई आ–आफ्ना वडामा सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई जग्गा उपलब्ध गराई जग्गाधनी पूर्जा वितरणका लागी सक्रिय पूर्वक लाग्न निर्देशन दिए । सो अवसरमा भूमी समस्या समाधान आयोग धनकुटा जिल्लाका विज्ञ सदस्य नविन किशोर शाक्य,सदस्य विजय सन्तोषी राई,महिला सदस्य तथा सहिदभूमी गाउँपालिका संयोजक देवकला पौडेलले भूमीहिन सुकुम्वासीहरु र अव्यवस्थित वसोवासीहरुलाई जग्गा उपलब्ध गराई जग्गा धनी पूर्जा वितरण गर्ने कार्यपालिका र कार्यविधिको वारेमा जानकारी दिएका थिए ।


सहिदभूमी गाउपालिका वडा नंं ५ का कार्यवहाक वडाध्यक्ष सफल राई,भूमी शाखाका प्रमुख होम वहादुर थापा,वडा नं. १ का वडा सचिव खिर प्रसाद राई,वडा नं. ३ का सचिव वम वहादुर राई, वडा नंं ४ र ५ का वडा सचिव राजेन्द्र राई, वडा नं. ७ का सचिव राज कुमार राई,वडा नं. ४ का कम्प्युटर अप्रेटर राम प्रसाद राई लगायत सहिदभूमी गाउपालिका कार्यालयका कर्मचारीहरुले आ आफ्नो वडाको भूमीहिन दलित सुकुम्वासी,भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुको वारेमा जानकारी गराएका थिए । भूमी समस्या समाधान आयोग धनकुटाका सदस्य विजय सन्तोषी राईले आयोगले सहिदभूमी गाउँपालिका सहित धनकुटा जिल्लाका सवै भूमीहिन दलित सुकुम्वासी,भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई चाडैनै जग्गा उपलब्ध गराई जग्गा धनीपूर्जा वितरण गरी धनकुटा जिल्लालाई सुकुम्वासी र अव्यवस्थित मुक्त जिल्ला घोषणा गर्ने बताए ।