२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

Radio Khabar Palika

स्वर्गीय हरिराज खेवाको नवौं स्मृति दिवस सम्पन्न



१३ साउन २०८२,धनकुटा । पूर्व अर्थराज्यमन्त्री स्वर्गीय हरिराज खेवाको नवौं स्मृति दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६ सिधुवामा निर्माणाधीन हरिराज खेवा स्मृति पार्कमा विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्गीय हरिराज खेवाको नवौं स्मृति दिवस मनाइएको हो । स्वर्गीय हरिराज खेवाको नवौं स्मृति दिवसमा निर्माणाधीन हरिराज खेवा स्मृति पार्कमा धुपी प्रजातिका वृक्षारोपण गरिएको छ । सो अवसरमा २०८१ सालमा भएको एसईई परीक्षामा प्राविधिक तर्फ ३.६८ जीपीए ल्याउन सफल सम्राट लिम्बु र ३.४१ जीपीए ल्याउने कृतिका भुजेल, साधारणतर्फ ३.५३ जीपीए ल्याउने सृष्टि लिम्बु र ३.५२ जीपीए ल्याउन सफल अन्जली गुरुङलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।
त्यसैगरी पार्क निर्माण गर्न जग्गा प्रदान गर्ने जग्गादाता धनबहादुर लिम्बु र खोजबहादुर राईाई सम्मान गरिएको छ । त्यस्तैगरी वडा नम्बर ६ का १०२ वर्षीय जेष्ठ नागरिक अन्नपूर्ण गुरुङ र उनन्नब्बे वर्षीय डम्बरबहादुर थापालाई सम्मान गरिएको छ । छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष तथा प्रतिष्ठानका संरक्षक गीता गुरुङ खेवा, वडा नं.६ का वडाध्यक्ष दीपक गुरुङ, वडा नं.२ का वडाअध्यक्ष कृष्ण मगर, नेकपा माओवादी केन्द्र धनकुटाका संयाजक कुसुमकुमारी श्रेष्ठ, कार्यपालिका सदस्यहरु, प्रतिष्ठानका पदाधिकारी, सदस्य तथाविभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको प्रतिष्ठानका महासचिव विष्णुमाया कन्दङबा कविताले जानकारी दिईन ।