११ श्रावण २०८२, शनिबार | Sat Jul 26 2025

Radio Khabar Palika

भूमी समस्या समाधान आयोगले चौविसेमा पनि जग्गाधनीपूर्जा वितरण गर्ने



१० साउन,२०८२,धनकुटा । भूमी समस्या समाधान आयोग धनकुटा जिल्ला समितिले धनकुटाको चौविसे गाउपालिकामा भूमिहिन सुकुम्वासी,अव्यवस्थित वसोवासीहरुलाई जग्गा धनी पूर्जा वितरण गर्न लागी शुक्रबार गाउँपालिका अध्यक्ष सहित जनप्रतिनिधिहरु,प्रमुख प्रशासकिय अधिकृतहरु र वडासचिवहरु संग छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
चौविसको राजारानीमा गाउँपालिकाका अध्यक्ष राज कुमार चेम्जोङको अध्यक्षतमा भएको उक्त कार्यक्रममा भूमि समस्या समाधान आयोग धनकुटा जिल्लाका सदस्य तथा सागुरीगढी,चाैविसे गाउपालिका र महालक्ष्मी नगरपालिका संयाेजक सन्तोषी राईले कार्यक्रमको सहजीकरण गर्दै चाडैनै धनकुटाको चौविसे गाउपालिकामा भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई जग्गाधनी पूर्जा वितरण गरी जग्गा उपलब्ध गराउने बताए । आयोगले चौविसे गाउपालिकाको समन्वय सहयोग तथा सहभागीतामा जग्गा धनी पूर्जा वितरणको लागी तिव्रगतीमा क्रियालिश भै अन्तिम तयारीमा जुटीरहेको समेत बताए ।
सो अवसरमा चौविसे गाउपालिकाका उपाध्यक्ष टंकमाया मगर,निमित्त प्रमुख प्रशासकी अधिकृत सोभित तुम्बा,भूमी समस्या समाधान आयोग धनकुटाका विज्ञ सदस्य नविन किशोर शाक्य,महिला सदस्य देवकला पौडेल,चौविसे गाउपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडा सचिवहरुले सवैको सहयोग र समन्वयमा चौविसे गाउपालिकामा रहेको भूमिहिन दलित सुकुम्वासी,सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई जग्गा उपलब्ध गराई जग्गाधनी पूर्जा वितरण गर्न आ आफ्नो क्षेत्र र तहबाट क्रियाशिल हुने बताएका छन । चैविसे गाउँपालिककामा ८ जना भूमिहिन दलित सुकुम्वासी,३२ जना भूमिहिन सुकुम्वासी र ८ सय ४० जना अव्यवस्थित वसोवासीहरु गरी जम्मा ८ सय ८० जनाले जग्गा उपलब्ध गराई पाउ भनी निवेदन दिएको भूमी समस्या समाधान आयोग धनकुटा जिल्ला सदस्य विजय सन्तोषी राईले बताए ।
भूमी समस्या समाधान आयोग धनकुटाले केही दिन अघि मात्र धनकुटाका सागुरीगढी गाउपालिकामा केही भूमिहिन सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराई जग्गा धनी पूर्जा वितरण गरेको थियो ।