
७ साउन २०८२,धनकुटा ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित रहेको बताएका छन । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले विथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइएको उल्लेख गर्दै अहिले काँग्रेस–एमालेको योजनामा, अन्य दलहरुको समेत सहभागितामा निर्मित वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित रहेको बताएका हुन । उनले वर्तमान सरकार राष्ट्रमा देखिएका चूनौति सामना गर्दै अघि बढेको जिकिर गरे । देशमा स्थीरता र स्थायीत्व कायम गर्न र स्थीरता र स्थायीत्व सरकारसंग नभइ देशमा सुशासन र तीव्र आर्थिक बिकासमा सदूपयोग गर्ने नीतिका साथ सरकारअघि बढिरहेको उनले बताए । उनले सरकारले मधेश प्रदेशका आठ वटै जिल्ला विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको र तराईमा सम्पूर्ण शक्ति परिचालन गर्ने स्पष्ट पारे । त्यस्तै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने अठोटमा आफूू स्पष्ट रहेको भन्दै तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारमा संलग्नलाई कारवाही हुने बताए । उनले कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने जवाफ दिए । त्यस्तै उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रकियालाई टुङगोमा पु¥याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको जिकिर गर्नुभयो । उहाले आगामी दिनमा आयोगका पदाधिकारीहरुले पीडित पक्षसँग बसेर, आपसमा छलफल गरेर नै शान्ति प्रक्रियाका बाँकी कामहरू अगाडि बढाउने उल्लेख गरे । त्यस्तै उनले भूमि समस्या समाधान आयोगको गठन भै उक्त आयोग मार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूको व्यवस्थापन गर्ने संवैधानिक दायित्व कार्यान्वयनमा ल्याइएको बताए। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदमा विचाराधीन रहेको र चालु आर्थिक वर्षमै भूमिसम्बन्धी एकीकृत ऐन तर्जुमा हुने उनको भनाइ छ । उनले युुवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको बताए । सरकारले विस. २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको पनि उनले स्पष्ट गरे ।