१० श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025

Radio Khabar Palika

धनकुटामा ४३औं वीपी स्मृति दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न



६ साउन २०८२,धनकुटा। ४३औं वीपी स्मृति दिवसको अवसरमा मंगलबार धनकुटा(६ स्थित महेन्द्र पार्कमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल किसान महासंघ, जिल्ला कार्य समिति धनकुटाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता,स्थानीय समाजसेवी, युवा तथा किसानहरू सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रममा दिवंगत नेता बीपी कोइरालाको योगदानलाई सम्झिँदै, उनको विचार र आदर्शलाई आजको पुस्ताले आत्मसात् गर्नुपर्नेमा जोड दिइएको थियो। साथै, वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको सन्देश दिँदै वृक्षारोपण गरिएको नेपाल किसान महासंघका धनकुटा अध्यक्ष दिलकुमार राईले बताए । कार्यक्रम आयोजक नेपाल किसान महासंघका अध्यक्ष राईले आगामी दिनमा पनि यस्ता वातावरणमैत्री र सामाजिक गतिविधि निरन्तर गर्ने प्रतिबद्धता जनाएका छन ।https://www.facebook.com/share/v/15gmr6r8Cq/