४ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025

Radio Khabar Palika

माओवादी कुनैपनि हालतमा सरकारमा जादैन ः हरिबोल गजुरेल- भिडियाे सहित



३ साउन, धनकुटा । माओवादी केन्द्रका उप–महासचिव हरीबोल गजुरेलले आफ्नो पार्टी सरकारमा जाने कुनै योजनामा नरहेको बताएका छन् । कार्यकर्ता भेटघाटका क्रममा धनकुटा आएका नेता गजुरेलले एमालेसँग सरकारको समीकरण कुनै पनि हालतमा नहुने बताऐ । उनले निर्णायक शक्ति कांग्रेस भए पनि पाटी सरकारमा जाने योजनामा नरहेको धाराण व्यक्त गरे । प्रेस सेन्टर धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले मिसन चौरासीमा आफ्नो पार्टी पहिलो हुने दाबी गरे । नेता गजुरेलले फरक प्रसंगमा पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनलाई एजेण्डाविहीन भएको बताएका छन । उनले एमालेका केन्द्रीय अध्यक्ष केपी ओलीको विकल्पको रुपमा मात्र रहने दाउमा भण्डारीको राजनीतिक उपस्थिति रहने दाबी गरे ।


माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव तथा कोशी प्रदेश इन्चार्जसमेत रहेका गजुरेलले राष्ट्रपति हुँदासमेत साझा हुन नसकेकी भण्डारीको राजनीतिक सक्रियता सामान्य विषय रहेको बताए । पूर्व उपराष्ट्रपति नन्दकुमार पुनलाई माओवादीले सक्रिय राजनीतिमा स्थान दिएकोले भण्डारीको उपस्थितिलाई पनि सामान्य रुपमा हेरिएको उनको भनाई थियो । नेता गजुरेलले माओवादी केन्द्र अहिले आफ्ना कमजोरीलाई सच्याएर आफ्नै खुट्टामा टेकेर अघि बढ्ने योजनामा रहेको स्पस्ट पारे । पार्टीभित्रका गम्भीर त्रुटि, कार्यशैली र वैचारिक विचलनलाई करेक्सन गर्दै पाटी अघि बढिरहेको उनको भनाई थियो । यस्तै, फरक प्रसंगमा गजुरेलले समाजवादीका अध्यक्ष माधव नेपाल र वामपन्थी नेता वामदेव गौतमको एकतालाई ‘माया बैगुनी, नभइ नहुने’ भन्दै ठट्यौली प्रतिक्रिया दिनुभएको छ । वामदेव नभइ तरकारीमा नुन नभएको जस्तो भए पनि उनको उतावचढाव खतरनाक रहने गजुरेलको टिप्पणी थियो । उनले अर्को प्रसंगमा माओवादी केन्द्रको कोशी प्रदेशको नेतृत्वले पहिचानको मुद्यालाई नबोकेर गलत बाटो पहिल्याएको कारण माओवादीले विभिन्न ठाउमा धोका खाएको बताए। उनले माओवादी विग्रिएको वेला गलत निर्णय लिएको जिकिर गर्दै अब त्यस्तो नहुने स्पस्ट पारे ।

भिडियाे हेर्न यहा क्लिक गर्नुस https://www.facebook.com/100092301627231/videos/1061020556226521