
२ साउन,धनकुटा । धनकुटा(दुर्घटनामा परि मेरुदण्ड भाँचिएर थला परेका धनकुटाको महालक्ष्मी ५ का चुमकबहादुर माझीलाई उपचारका लागि नगद सहयोग उपलब्ध गराइएको छ । लेगुवा धनकुटा सरोकार समाजले मेरुदण्ड पीडित माझीलाई ८५ हजार १ सय ५९ रुपैयाँ नगद उपलब्ध गराएको हो । दाताहरूबाट प्राप्त नगद माझीको घरमै पुगेर वितरण गरिएको शिक्षक तुलसी पुरीले जानकारी दिनुभयो । दुर्घटनामा परी मेरुदण्ड भाँचिएरका माझीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा प्रारम्भिक उपचार गरिएको छ । रकम अभावका कारण सीमान्तीकृत माझी समुदायका उनको थप उपचार हुन नसकेको पुरीको भनाइछ । कमजोर आर्थिक अवस्थाका माझीलाइ चिकित्सकले लामोसमयसम्म उपचारमा रहनुपर्ने बताएका छन । विपन्न पारीवारिक अवस्थाका कारण थप उपचारका लागि कठिनाइ परेको परिवारका सदस्यले बताएका छन ।