
२ साउन धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ मा सञ्चालित उत्तरपानी धर्मशाला होमस्टे सञ्चालन समितिलाई होमस्टे प्रवर्द्धनका लागि विविध सामाग्री वितरण गरिएको छ । घरबास पर्यटनसँग पूर्वाधार, आर्थिक, सामाजिक र साँस्कृतिक विकासका पक्ष जोडिने भएकाले यसको प्रवर्द्धनका लागि पाख्रीबास वडा नं ९ ले प्रदेश सरकार संगको सहकार्यमा सास्कृतिक पार्क निर्माण , तामाङ मगर समुदायको संस्कार संस्कृति संग आधारित मौलिक बाजागाजा , भाडा कुडा , कुर्सी टेबल, साउण्ड सिस्टम , होडिङ बोर्ड लगायतका सामाग्री खरिद गरि वितरण गरिएको वडा अध्यक्ष सम्झना आलेले जानकारी दिईन । घरबास पर्यटनले महिलाहरुको आर्थिक विकास र आत्मसम्मान बढाउन सघाउने उनको भनाइ थियो। साथै आदिवासीजनजाति समुदायको बसो बास रहेकोले उक्त समुदायको भाषा संस्कार संस्कृतिलाई उत्पादन व्यवसाय संग जोडेर आर्थिक रुपमा सबल बनाउन पनि होमस्टे कार्यक्रमले थप मद्दत पुर्याउने बताईन । मौलिक खाना, पाख्रीबास वडा नं ९ मा बसोबास गर्ने मगर तामाङ समुदायको कला संस्कृति , सत्कार र घुम्नका लागि सदाबाहार चिसो मौसम , रमणीय वातावरण वरिपरि गाउँघर खेतीपाती डाडा काडा यहाँको आकर्षण रहेको छ ।

अहिले पाख्रीबास नगरपालिका वडा नं ९ मा १७ घरमा होमस्टे घरवास सञ्चालन भइरहेको छ । उतरपानी धर्मशाल होमस्टे ( घरबास )सञ्चालन समितिकी अध्यक्ष रेविका तामाङले एउटा घरमा चार वटासम्म कोठा प्रयोग गर्न सकिने उनले बताइन्।एक दिनमा उत्तरपानी धर्मशाला होमस्टेले करिब १५० जना पाहुनालाई व्यवस्थापन गर्नसक्ने क्षमता राख्छ,ु उनले भनिन्। गत वर्ष देखि सुरु भएको यहाँको होम स्टे लाई थप व्यवस्थित रुपमा विकास एवम् प्रवद्वन गर्ने कार्य भइरहेको समितिले जानकारी दिएको छ । उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा स्थानीय समाजसेवी बुद्धिजीवी जय बहादुर मोक्तान , श्याम योञ्जन , सुभचन्द्र मोक्तान , भाल बहादुर घिसिङ , वडा सचिव अनिल तिम्सिना ,पत्रकार कबिराज घिमिरे ,मानवी मोक्तान, होमस्टे सञ्चालन समितिका पदाधिकारी सदस्यहरुको उपस्थिति थियोे ।