२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

Radio Khabar Palika

वामपथी एकताका लागि पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्कन खोजेको भए सकारात्मकः खनाल



२८ असार , काडमाण्डौ ।नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले वामपथी एकताका लागि पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा फर्कन खोजेको भए सकारात्मक कुरा भएको बताएका छन ।
चीन भ्रमण सकेर स्वदेश फर्किएपछि शनिबार आफ्नै निवास डल्लुमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले नेपालमा सबभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले नै भएकाले वामपथी एकताका लागि पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्कन खोजेको भए सकारात्मक कुरा भएको बताएका हुन ।

उनले एमालेको एउटा समूहले अरु सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको बताए । एमालेले वामपन्थी एकता गरौं भनेर चाहने हो भने ठूलो मात्राको झैं वामपन्थी एकता हुन सक्ने सम्भावना रहेको धारणा उनको थियो । खनालले कम्युनिष्टलाई एकतावद्ध गर्न बामदेव गौतम आफ्नो पार्टीमा आउन लागेको भए स्वागत गर्न तयार रहेको जिकिर गरे । त्यस्तै उनले पार्टी अध्यक्ष माधव नेपालमाथि परेको मुद्दा नेपालकै इतिहासमा नै नयाँ कुरा भएकाले तीन करोड नेपालीको सरोकारको बिषय भएको बताए । यसमा बिभिन्न रुपमा हुने टिकाटिप्पणीलाई स्वभाविक रुपमा लिनुपर्ने भन्दै खनालले अदालतले गर्ने निर्णयलाई सवैले स्वीकार गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनालले अहिले ठूला दुई दल मिलेर बनेको सरकार सवैभन्दा असक्षम देखिएकाले सिंगो देश सन्तुष्ट नरहेको बताए ।
त्यस्तै उनले रवि लामिछाने निर्दोष रहेको भन्न नसकिएपनि लामिछानेमाथि गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको टिप्पणी गरे । खनाल ५ दिने चीन भ्रमण सकेर शुक्रबारराती स्वदेश फर्किएका हुन ।