२६ असार २०८२, बिहिबार | Thu Jul 10 2025

Radio Khabar Palika

बौद्धिक अपाङ्गता भएका विधार्थीलाई पोसाक बितरण



२५ असार,धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका पूर्र्व अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले धनकुटाको उत्तरपानी स्थित बौद्धिक अपाङ्गता स्रोत कक्षा र आधारभूत विद्यालय बालबालिकालाई पोसाक बितरण गरेका छन । पत्रकार श्रेष्ठले अपाङ्गता स्रोत कक्षा र साधारण तर्फका १८ जना बिध्यार्थीलाइ टीसर्ट र ट्राउजर बितरण गरेका हुन । आफ्ना दिवंगत आमाबाबुको संझनामा पोसाक बितरण गरीएको बितरणकर्ता राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिए । आधारभूत विद्यालयका प्रधानाध्यापक विनोद सुवेदी, धनकुटा नगरपालिका वडा नं. १० का अध्यक्ष नगेन्द्र पाण्डे र पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, प्रेस युनियन अध्यक्ष विनोद घिमिरे,फोटोपत्रकार महासंघ अध्यक्ष कविराज घिमिरे,पत्रकार महासंघ धनकुटाका सह सचिव इश्वर थापा तथा पत्रकार टिएल राई लगायतले पोसाक बितरण गरेका थिए ।