१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

Radio Khabar Palika

पुल भाँचिएपछि सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध



२१ असार धनकुटा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडकमा रहेको पुल भाँचिएको हो । उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए । पुल भाँचिएपछि उक्त स्थानमा ह्युम पाइप राखी माथिबाट माटो भरेर सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए । त्यस्तै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले उक्त भाचिएको पुलको निरिक्षण गर्दै तत्काल आवागमन सहज बनाउनका लागि अस्थायी उपाय अपनाउन निर्देशन दिए ।