१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

Radio Khabar Palika

मानव तस्करीविरुद्ध उच्चस्तरीय छानबिन समिति गठनको माग



असार ५ धनकुटा। राष्ट्रिय स्वतन्त्र पार्टी, धनकुटा जिल्ला समितिले हाल विभिन्न माध्यमबाट बढ्दो मानव तस्करीको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ। पार्टीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाएको ज्ञापनपत्रमार्फत शिक्षा, ट्राभल एजेन्सी, न्याय प्रणाली, तथा केहि वैदेशिक रोजगार संस्थाको नाममा नेपाली नागरिकहरूलाई ठगी गर्दै मानव तस्करी गर्ने कार्य बढेको भन्दै तत्काल छानबिन गर्न सरकारसँग माग गरेको हो । मानव तस्करीका घटनाहरूमा संलग्न व्यक्तिहरू र संस्था विरुद्ध कारवाही नगरेको अवस्थामा राज्य प्रणालीप्रति आम नागरिकको विश्वास कमजोर हुने खतरा रहेको जिल्ला सभापती बालानन्द दाहालले जानकारी दिए ।
ज्ञापनपत्रमा गृह मन्त्रालय, नेपाल प्रहरी, अध्यागमन विभाग, ट्राभल एजेन्सी, कानूनी निकाय लगायतका सरोकारवाला निकायको सहभागितामा प्रभावकारी छानबिन समिति गठन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, र पीडितलाई न्याय दिनुपर्ने माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनकुटाले पीडितहरूको संरक्षण र न्याय सुनिश्चित गर्न सरकारलाई आवश्यक कानूनी प्रक्रिया तत्काल अगाडि बढाउन आग्रह गरेको छ।