३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

Radio Khabar Palika

भिजिट भिसा प्रकरणमा आफ्नो कुनैपनि प्रकारको संलग्नता नरहेको ः गृहमन्त्री रमेश लेखक



३० जेठ, काठमाण्डौ ।गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनैपनि प्रकारको संलग्नता नरहेको स्पष्ट पारेका छन ।

रास्वपा र राप्रपाको विरोधकाबीच शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा आफुमाथि उठेको प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले राजनीतिक प्रतिशोध साँधेर आफूमाथि विभिन्न आरोप लगाएको उल्लेख गर्दै भिजिट भिसा प्रकरणमा आफ्नो कुनैपनि प्रकारको संलग्नता नरहेको स्पष्ट पारेका हुन । आफुविरुद्धमा नियोजित रूपमा षड्यन्त्र भएको भएको भन्दै उनले खेद प्रकट गरे । उनले संवैधानिक निकायले अनुसन्धान गरिरहेका बेला मन्त्रीहरूलाई छानबिन गर्दै जाने हो भने कुनै पनि मन्त्री बाँकी नरहने जिकिर गरे । उनले अध्यागमनका बिषयमा अख्तियारले गर्ने छानविनलाई प्रभावित पार्ने कुनै पनि काम नहुने बताए । त्यस्तै गृहमन्त्री लखेकले भिजिट भिसा प्रकरणमा आफ्नाविरुद्ध पार्टी कार्यालयमा नक्कली पीडित खडा गरिएको किर्ते जाहेरी तयार पारिएको भन्दै कारवाही गर्ने चेतावनी समेत दिए । उनले यस बिषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच भएको सहमतिलाई अक्षरस कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाए । गृहमन्त्रीले जवाफ दिँदै गर्दा रास्वपाका सांसदहरुले भने वेल घेराउ गर्दै नारावाजी गरेका थिए ।