३१ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 14 2025

Radio Khabar Palika

नेविसंघको आयोजनामा १० दिने उद्घोषण तालिम सम्पन्न, ७५ जनाको सक्रिय सहभागिता



२४ जेठ धनकुटा । नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा हालै सम्पन्न १० दिने उद्घोषक तालिम विषेश कार्यक्रम गर्दै शनिबार समापन भएको छ ।


तालिमले सहभागीहरूको सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकले विश्वास व्यक्त गरेको छ । कार्यक्रममा बेल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेस धनकुटाका उपसभापती सुनिल डंगोलले यस्ता कार्यक्रमलले विद्यार्थीहरुको क्षमता विकास हुनुका साथै उनीहरुको रुची समेत थाहा हुने हुदाँ भविष्यमा कस्तो बाटो रोज्ने भन्ने विषयको मार्गदर्शन बन्ने बताए।

कार्यक्रममा बोल्दै सिटि जेसीस धनकुटाका अध्यक्ष दीनेश भण्डारी, नेपाली कार्गेस धनकुटाका सचिव विजय सन्तोषी राई,कागे्रस नेता खेम पौडेल, करुणा कटुवाल, तिलक महत लगायतले नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाइले गरेको कार्य प्रसंसनीय र उपलब्धी मूलक भएको बताए ।

नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाइका सभापति सुवास खनालले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै सहभागी, अतिथि तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेका छन्। १८० जना भन्दा बढिको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरुले विविध सांस्कृतिक प्रस्तुति समेत दिएका थिए। तालिमले सहभागीहरूको सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकले विश्वास व्यक्त गरेका छन्।

विद्यार्थीहरूमा प्रभावकारी अभिव्यक्ति, नेतृत्वदक्षता र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा सहभागीहरूको उत्साह, अनुशासन र समर्पण प्रेरणादायक बनेको विश्वास आयोजकको छ ।कार्यक्रममा तालिममा सहभागी हुने सबै विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै चौथो वर्षका विद्यार्थीहरु लाई बिदाइ तथा फेरि भेटौंला कार्यक्रम समेत सम्पन्न गरेको छ । नेविसंघले सदैव विद्यार्थीहरूको क्षमता विकास, नेतृत्व निर्माण र लोकतान्त्रिक मूल्यको संरक्षणमा अग्रसर भूमिका खेल्दै आएको छ र भविष्यमा पनि यही यात्रालाई अझ सुदृढ बनाउने प्रण गर्ने सभापति खनालले जानकारी दिए ।