२० जेष्ठ २०८२, सोमबार | Mon Jun 2 2025

Radio Khabar Palika

बाढीले अवरुद्ध कोसी राजमार्ग खुलाउने प्रयास जारी



१७ जेठ धनकुटा । वर्षाका कारण शनिवार बिहान वाट अवरुद्ध कोसी राजमार्गको भेडेटार मुलघाट खण्डमा अझै यातायात सञ्चालन हुन सकेको छैन । साँगुरीगढी गाउँपालिका ६ फेदी स्थित लेउती खोलामा आएको बाढीले करिब १०० मिटर सडक कटान गरेको थियो ।

अवरुद्ध सडक खुलाउन बिहानै देखि प्रयास भइरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले जानकारी दिए । पानी पुन नपरेको खण्डमा साँझ सम्ममा एकतर्फी सडक सञ्चालन हुन सक्ने उनको भनाई छ ।
अहिले खोलाको धार अर्कोतर्फ फर्काएर डाइभर्सन निर्माणको काम भइरहेको प्रहरीले जनाएको छ । अहिले सो स्थानमा नोपली सेना,सशस्त्र, जनपथ प्रहरी खटाइएको छ ।

त्यस्तै तिन वटा डोजरले काम गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठका अनुसार यात्रुलाई ओहोरदोहोर गर्ने व्यवस्था मिलाइएको छ । बिहान करिब ९ बजेबाट सबैको सहयोगमा यात्रुलाई ओहोरदोहोर गर्ने व्यवस्था मिलाइएको हो । यता सोहि वडाको नमस्ते झरना छेउमा कोशी राजमार्गमा खसेको पहिरो भने पन्छाइएको छ । सडक भत्किए पछि धनकुटा सहित भोजपुर संखुवासभा, तेह्थुम, पाँचथर र ताप्लेजुङ्ग संग तराइको आवतजावत ठप्प भएको छ ।