२० जेष्ठ २०८२, सोमबार | Mon Jun 2 2025

Radio Khabar Palika

लेउती खोलामा पानी घट्ने बितिकै डाइभर्सनको काम थाल्ने



१७ जेठ ,धनकुटा । लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोशी राजमार्गको धनकुटामा पर्ने मुलघाट–सिम्सुवाखण्ड बिहानैदेखि अवरूद्ध छ । साँगुरीगढी गाउँ पालिका ६ स्थित फेदीमा कालोपत्रे सडक बगाएको कारण अबरुद्ध बनेकोे हो । सडक बगाएपछि यातायात र ढुवानीका साधन वारीपारी रोकिएका छन । लेउती खोलाको बाढी नघटेकाले डाइभर्सनका लागि डोजर र स्काभेटर जस्ता उपकरण तत्काल खोलामा पठाउन नसकिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले बताए । पानी घट्नासाथ डाइभर्सन निर्माणको काम थाल्ने पोख्रेलको भनाइ छ । बाढीले सडक बगाएपछि धनकुटासहित, तेह्रथुम, भोजपुर, संखुवासभाका साथै तमोरकरिडोर भएर पाँचथर र ताप्लेजुङ जाने आउने यातायात र ढुवानी अवरूद्ध भएको छ । सेना र प्रहरीको टोलीले वारीपारी रहेका सवारीसाधन प्रयोग गरेर यात्रुलाई गन्तव्यमा पठाउन सहजीकरण गरिरहेको प्रहरीले जनाएको छ । सडक बगाएपछि अवरूद्ध पैदलमार्ग नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले खुलाएको हो । लेउती खोलामा पानी घट्ने बितिकै डाइभर्सनको काम थाल्ने जनाइएको छ ।