
१४ जेठ,धनकुटा । नेपाली कांग्रेसका यूवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय अध्यक्ष गुरुराज घिमिरेले कांग्रेस भित्र आमुल परिवर्तन आवाश्यक रहेको बताएका छन ।
मंगलबार धनकुटामा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैउनले नेतृत्वका कारणले गर्दा कांग्रेजनमा चरम निरासा छाएकाले कांग्रेसका नेताहरु सच्चिनु जरुरी भएको बताएका हुन । उनले नेपाली काग्रेसका नेताहरुमा अहिले व्यक्तीबादी सोच र गुटगत स्वार्थ भएका कारण कार्यकर्तामा निरासा छाएको बताए । देशको स्थिरता र संमृद्धीको लागि काग्रेसजन एक हुनुपर्ने उनको धारणा थियो । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय उपाध्यक्ष मेदनी सिटौला,संविधान सभा सदस्य अञ्जना ताम्ली,प्रदेश कार्य समितिका सदस्य द्धय नविन किशोर शाक्य,,मिना लुम्बा,नेपाली कांग्रेस धनकुटाका सहसचिव रोशन श्रेष्ठ लगायतले नेपाली कांग्रेसका नेताहरु तत्काल सच्चिनु आवश्यक रहेको बताएका छन । कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका नेताहरु,भातृ तथा सुबेच्छुक संस्थाका अध्यक्ष तथा प्रतिधिनिहरु र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।