
विनोद भण्डारी
१३ जेष्ठ चौबिसे । धनकुटाको चौबिसे गाउँपालिकाले यो बर्ष आफ्नो पालिका भित्र रहेका आफ्ना करिव ४ सय नागरिको स्वास्थ्य बीमा गरिदिएको छ ।
पालिकाले नागरिक स्वास्थ विमा योजना अन्तर्गते अपांगता भएका,अशक्त र बिपन्नहरुको सहुलियतपूर्ण र निःशुल्क स्वास्थ्य विमा गरिदिएको हो ।पालिकाले ८ वटै वडाबाट सिफारिस गरिएका विपन्न मध्ये अति विपन्न,मध्यम र सामान्य गरि ३ वर्गमा सूचिकृत नागरिकहरुलाई यो सेवा दिईएको हो । अति विपन्न र अपांगता भएकालाई पुर्ण छुट,मध्यम लाई ५० प्रतिशत,सामान्यलाई २५ प्रतिशत छुटमा ३ सय ९९ जनाको बीमा गराईएको पालिकाका स्वास्थ साखा प्रमुख तिर्थ बस्नेतले जानकारी दिए ।ग र घ बर्गका अपाङ्गता भएका १ सय ५० जना बिपन्न तर्फ २ सय ४९ जनाको प्रति ब्यक्ति ३ हजार ५ सयका दुले बिमा गरिएको बस्नेतले जानकारी दिए । पालिकाले गरिदिएको विपन्न तथा अपांग नागरिक स्वास्थ विमाको कार्यक्रमले आफूलाई ठूलो राहत भएको चौबिसे ४ निवासी ४५ वर्षिय कल्पना भण्डारीले खुशी ब्यक्त गरिन। स्वास्थ विमा गरिएका परिवारका ५ जनाले वार्षिक १ लाख रुपैयासम्मको उपचार छुट पाउँने सुबिधा रहेको छ । सवै सरकारी अस्पताल तथा सरकारले तोकेका निजि अस्पतालबाट यो सेवा लिन सकिन्छ । बिपन्न तथा लक्षित वर्गलाई प्रत्यक्ष लाभ दिन अघिल्लो आर्थिक वर्ष देखि विपन्न नागरिक स्वास्थ विमा कार्यक्रम सुरु गरिएको पालिका अध्यक्ष राजकुमार चेम्जोङ्गले जानकारी दिए । सम्पुर्ण वडाका निर्वाचित जनप्रतिनिधि तथा समाजका बुद्धिजीवी वर्गको सहयोगमा यो स्वास्थ्य विमा योजना लागु गर्न पालिका सफल भएकाले चेम्जोङ्गले सबैलाई कृतज्ञता ब्यक्त गरे ।
(प्रशिक्षार्थी पत्रकार)