
शैलेन्द्र तामाङ
जेठ १३,चौबिसे धनकुटा । धनकुटा चौबिसे गाउ“पालिका–२, मुढेबासस्थित डा“डा गाउ“मा मगर जातिको संग्रहालय ओझेलमा परेकोछ ।
प्रचारप्रसार र सडक पहुचका नभएका कारण उक्त संग्रहालय ओझेलमा परेको संग्राहलयका संरक्षक तथा गाउ“पालिकाका उपाध्यक्ष टंकमाया पाङ्मी मगरले जानकारी दिईन ।
संग्राहलयमा करिब एक सय भन्दाबढी पुराना सामान संग्रह गरिए पनि अवलोकनका लागि भने कमै मात्रामा पर्यटकहरु पुग्ने गरेको उहाँले जानकारी दिईन ।
सग्रहालयमा मगर जातिले प्रयोग गर्ने पुरानो दुध दुहुने भा“डो, सगुन हाल्न प्रयोग गरिने ‘गरियो’ लगायतका करिब एक सय भन्दा बढी लोपोन्मुख सामग्रीेहरु राखिको मगरले जानकारी दिईन ।
४ वर्ष पहिले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट कोशी प्रदेश सरकारको दश लाख बजेटमा संग्राहलयको निर्माण गरिएको थियो ।भवन संरक्षणका लागि सामाग्री खरिद गर्न आर्थिक वर्ष ०८१÷०८२ बाट चौबिसे गाउ“पालिकाले ६ लाख रुपैया“ बजेट उपलब्ध गराएको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिए।
संग्राहलयमा मगर जातिको भाषा, कला, संस्कृतिबारे शोध तथा अनुसन्धना गर्ने तथा संग्रहालय अवलोकनका लागि कमै मात्रामा मात्रै मानिसहरु पुग्ने गरेको स्थानीय बासीले जानकारी दिएका छन् ।
(प्रशिक्षार्थी पत्रकार)