१८ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025

Radio Khabar Palika

राराको फाईनल खेल स्थगन




देव याखा
जेठ ४ ,चौबिसे धनकुटा । धनकुटाको राजारानीमा जारी १२ औं रारा गोल्डकप फटबल प्रतियोगिताको फाईनल खेल स्थगित भएको छ ।
निर्धारित समय अनुसार आज दिनको २ बजे खेल हुने भनिएपनि भारी बर्षाका कारण खेल स्थगन गरिएको आयोजक संस्था राजारानी फुटबल क्लव राजारानीका सचिव जीवन कटुवालले जानकारी दिए ।
भोली सोहि समयमा फाईनल खेल राजारानीको पुण्य उच्च मा.बि.को खेल मैदानमा हुने कटुवालले जानकारी दिए ।
फाईनलका एल एक्स सिटी मोरङ र बिर्तामोड युनाईटेड क्लव झापा बीच हुंदैछ ।

धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीमा जारी प्रतियोगितामा ८ वटा फुटबल टोलीको सहभागिता रहेको छ । बिजेता टोलीले नगद ७ लाख र उपबिजेताले नगद ३ लाख,रनिङ शिल्ड,प्रमाणपत्र र मेडल पाउनेछन् ।
चौबिसे गाउँपालिकाको संरक्षणमा भईरहेको यो प्रतियोगिता जिल्लाकै सबैभन्दा ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता हो ।