१८ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025

Radio Khabar Palika

बिवादास्पद सप्तकोशी उच्चबाँधको विषयमा छलफल



धनकुटा २ जेठ ,समय समय चर्चा र विवादमा रहेको प्रस्तावित सप्तकोशी उच्च बाँध निर्माण आयोजना खारेजीको माग गर्दै स्थानीयले बिरोध चर्काउँदै लगेपछि धनकुटामा सरोकारवालाहरु बीच छलफल भएको छ । लामो समय देखि बिवाद र चर्चामा रहेको सप्तकोशी उच्च बाँध निर्माण योजनाको खारेजीको माग गर्दै संघर्ष समितिले बिरोधका चरणबद्ध कार्यक्रम सार्वजनिक गरेपछि सप्तकोशी उच्चबाँध बुहउद्देशीय आयोजनाले प्रभावित क्षेत्रका स्थानीय, जनप्रतिनिधि र जिल्ला स्थित सुरक्षा निकायका पदाधिकारी संग धनकुटा शुक्रबार छलफल गरेको हो । धनकुटा सहित भोजपुर, उदयपुर,तेह्रथुम लगायत जिल्लाका तटिय डुवान क्षेत्रका स्थानीयले प्रस्तावित बाँध निर्माणले बाध्यात्मक विस्थापनमा पर्नुका साथै आफूहरुको अस्थित्व माथि नै खतरा उत्पन्न हुने भन्दै बिरोध गर्दै आएका छन् । छलफलमा आयोजनाले डिपिआरका लागि संस्थागत व्यवस्था , अध्ययनको उद्देश्य, कार्यक्षेत्र, हालसम्मको अध्ययनको अवस्था र आगामी कार्ययोजनाका बारेमा आफ्ना धारणा राखेको सप्तकोशी बहुउद्देश्य उच्चबाँध आयोजना बिराटनगरका प्रमुख सहदेव थापाले जानकारी दिनु भयो । यता आन्दोलित संघर्ष समितिका पदाधिकारीले सप्तकोशी उच्च बाँधका कारण लाखौं नागरिक बाध्यात्मक बिस्थापनमा पर्ने भन्दै उक्त परियोजनाले नेपाल र नेपाली हित नगर्ने भन्दै कुन काम अगाडि नबढाउन चेताबनी दिएका छन् । संघर्ष समितिका सल्लाहकार नाथुराम राइले कुनै काम अगाडि नबढाउन आयोजना लाई भनेको जानकारी दिनुभयाे ।