१८ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025

Radio Khabar Palika

वागमतीलाई हराउदै चर्च ब्वाईज काठमाण्डौ सेमिफाइनलमा प्रवेश




देव याखा
जेठ १,चौबिसे धनकुटा । सर्लाहिको बागमती युथ क्लबलाई ट्राईब्रेकरमा हराउँदै चर्च ब्वाइज यूनाइटेड ललितपुर १२ औं रारा गोल्डकप फटबल प्रतियोगिताको सेमी फाईनलमा प्रबेश गरेको छ ।
धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीको पुण्य उच्च मा.बि.को खेल मैदानमा बुधबार भएको अन्तिम फाईनल खेलमा सर्लाहिलाई १–३ गोलले हराउँदै ललितपुर बिजयी भएको हो ।
निर्धारित समयमा दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउट(ट्राईबेकर) मा गएको थियो ।
जीतका लागि ललितपुरका खेलाडीहरु अमन लामा,चन्दन दास र आकाश राईले गोल गर्नुभएको थियो । सर्लाहिका तर्फबाट एक गोल आयूस राना मगरले गरेका थिए।
खेल अवधिको म्यान आफ दि म्याच बिजेता टोलीका गोल रक्षक बिवश चौधरी घाेषित भए । उनलाई खेलको प्रयोजक तथा प्रमुख अतिथी गोरखा बु्रअरीका म्यानेजर प्रभात राजबंशीले नगद ७ हजार ५ सय सहित ट्रफी प्रदान गरे । भोलीहुने पहिलो सेमी फाईनल खेल चर्च गोल्डेन स्टार युथ क्लव सुनसरी र बिर्तामोड युनाईटेड फटबल क्लव झापा बीच हुने आयोजक संस्था राजारानी फुटबल क्लव (रारा) का सचिव जीवन कटुवालले जानकारी दिए।
जेठ ४ गते सम्म हुने प्रतियोगितामा ८ वटा फुटबल टोलीको सहभागिता रहेको छ । बिजेता टोलीले नगद ७ लाख र उपबिजेताले नगद ३ लाख,रनिङ शिल्ड,प्रमाणपत्र र मेडल पाउनेछन् ।
चौबिसे गाउँपालिकाको संरक्षणमा भईरहेको यो प्रतियोगिता जिल्लाकै सबैभन्दा ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता हो । (प्रशिक्षार्थी पत्रकार)