
विनोद भण्डारी
वैशाख ३० राजारानी धनकुटा । मोरड्डकाे एलएक्स सिटी धनकुटाको राजारानीमा जारी १२औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मङ्गलबार भएको खेलमा एलएक्स सिटीले डाँडा वजार फुटबल क्लब धनकुटालाई २–० गोल अन्तरले पराजित गरेको हो । छैठौँ मिनेटमा अभिषेक ठकुरीले पहिलो गोल गरे। त्यस्तै ५१औँ मिनेटमा सिटीको लागि अरुण तामाङले दोस्रो गोल गरे । खेलको म्यान अफ दी म्याच एलएक्स सिटीका प्रदिप लामा घोषित भए । उनले ७ हजार ५ सय रुपियाँ पुरस्कार पाएका छन । प्रतियोगिताको बुधबार साविक विजेता सहलेश क्लव सिराहाले झापाको बिर्तामोड युनाइटेडको सामना गर्नेछ । जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद सात लाख र उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्ने आयोजले जनाएको छ ।