
सैलेन्द्र तामाङ
बैशाख ३० चौविसे । कुनैबेला मरुभूमी झै सुख्खा रहेको धनकुटा चौविसे गाउँपालिका वडा नं. ३ स्थित बन्दुके डाडाका किसानहरु स्याउ खेती तर्फ आकर्षित भएका छन् ।
बि.सं.२०७३ सालमा तमोर पर्मा कल्चर सिकाई थलोले गरेको खेतीबाट प्रभावित भएर अहिले यस क्षेत्रमा प्रत्येक घरमा प्लास्टिक पोखरीको सहयोगले स्याउका बिरुवा रोपिरहेको छन् । बर्खाको पानी प्लास्टिक पोखरीमा सङ्कलन गरि अहिले यहाँका प्रत्येक घरले आफ्नो बारीमा २५ देखि ३० ओटा सम्म स्याउको बिरुवा रोपेका छन् । पहिला मकै,कोदो जस्ता पारम्परिक खेती मात्र हुँदै आएपनि पर्माकल्चरले यस स्थानमा लटरम्म स्याउ फलाएर मनग्गे आमदानी गरेपछि किसानहरु स्याउ खेती तर्फ आकर्षित भएका हुन् । स्थनिय जित बहादुर तामाङले केही नहुने रुखो र सुख्खा ठाउँमा स्याउ जस्तो फलफूल रोप्न पाउँदा गर्ब लागेको बताए । बिरुवाहरु लाई मेहनत गरेर हुर्काई रहेको बताउने तामाङले पछि उत्पादन भएको स्याउको बजारीकरणमा स्थानीय सरकारले सहयोग गरिदिनुपर्ने सुझाव दिए ।
अर्का किसान धन बहादुर तामाङ पनि खुसी हुँदै भन्नुहुन्छ–‘अब हाम्रो आर्थिक अवस्था सुधार भएर घरमै बसेर रोजगारी मिल्छ भन्ने लागेको छ ।’
उहाँले परिक्षणको रुपमा बिगत ३ वर्ष अगाडी तमोर पर्म कल्चबाट बाँडेको स्याउ लटरम्म फलेको र त्यसबाट राम्रो आर्थिक लाभ प्राप्त भएको पनि जानकारी दिए ।
समुन्द्र सतह देखि १३ सय मिटरको उचाईमा रहेको यस अहिले बन्दुके डाँडाँ गाउँमा अहिले आन्ना र ब्रोसेट नामक स्याउ उत्पादन गर्न थालिएको छ ।
यस वर्ष पालिका, स्थानिय र पर्माकल्चरको त्रिपक्षिय साझेदारीमा यस गाउँका ३५ घर घुरिलाई बिरुवा बितरण गरिएको थियो ।
पर्माकल्चरको सिकाईबाट सम्पूर्ण गाउँ उत्साहित देखिएकोले यो बर्ष वडाले १ हजार स्याउको बिरुवा बितरण गरिएको वडा अध्यक्ष मदन सम्यक लिम्बूले जानकारी दिए ।
प्लाष्टिक पोखरीको सहयोगमा यस क्षेत्रमा स्याउ खेती गर्नेको लहर देखिएकोले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिंदै जाने अध्यक्ष लिम्बूले जानकारी दिए ।
( प्रशिक्षार्थी पत्रकार)