
देव याखा
बैसाख २८,चौबिसे धनकुटा । चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानीमा साेमबारबाट १२ औं रारा गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ ।
उत्घाटन खेलमा ४–० को अन्तरले आयोजक राजारानी फटबल क्लव राजारानीलाई हराउँदै गोल्डेन युथ क्लव सुनसरी सेमिफाईनलमा प्रवेश गरेकाे छ ।
आयोजकलाई हराउन सुनसरीले खेल अघि १ गोल र खेलको हाप पछि लगातार ३ गोल गरेको थियो ।
जितका लागि सुनसरीका जर्सी नं.९ का हेमन लिम्बूले खेलको ४५ मिनेटमा पहिलो गोल गर्नुभएको थियो ।
त्यस्तै खेलको दोस्रो हाफकामा जर्सी नं. १४ का अबिसेक गुरुङले ६२ मिनेटमा,८५ मिनेटमा जर्सी नं.८ का उमेश कार्की र जर्सी नं.३० का निवास खुबेलले ८६ मिनेटमा सुनसरीका लागि गोल गर्नुभएको थियो ।
खेल अवधिको म्यान आफ द म्याच बिजेता टोलीका हेमन लिम्बू हुनभयो । उहाँलाई नगद ७ हजार ५ सय सहित ट्रफी प्रदान गरिएको थियो ।
खेलको उद्घाटन पालिका अध्यक्ष चेम्जोङ र आयोजक संस्थाका अध्यक्ष मणि चेम्जोङले गर्नुभएको थियो ।
भोली हुने दोस्रो क्वाटर फाईनल खेल एलएक्स सीटी मोरङ र यूनाइटेड,डाडाबजार फूटबल क्लब धनकुटा बीच हुने आयोजक संस्थाका सचिव जीवन कटुवालले जानकारी दिनुभयो ।
जेठ ४ गते सम्म स्थानीय पूण्य मा.बि.को खेल मैदानमा हुने प्रतियोगितामा ८ वटा फुटबल टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सहलेस फुटबल क्लब सिरहा, चर्च ब्वाइज यूनाइटेड, बागमती यूथक्लव सर्लाही, गोल्डेन स्टार सुनसरी, एलएक्स सीटी मोरङ, बिर्तामोड यूनाइटेड,डाडाबजार फूटबल क्लब र आयोजक टोलिले प्रतिस्पर्धा गर्नेछन् ।
गत बर्ष ११ औं संस्करणमा प्रथम पुरस्कार ५ लाख र दोस्रो २ लाख ५० हजार राखेको राराले यो पटक भने प्रथमका लागि ७ लाख र दास्रोको लागि ३ लाख पु¥याएको छ ।
चौबिसे गाउँपालिकाको संरक्षणमा भईरहेको यो प्रतियोगिता अब जिल्लाकै ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता बनेको छ । (प्रशिक्षार्थी पत्रकार)