२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

Radio Khabar Palika

बस र इभीमाइक्रो एकआपसमा ठोकीदा पाँच जना घाईते



बैशाख २८ धनकुटा । धनकुटामा आज बस र इभीमाइक्रो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा परि पाँच यात्रु घाइते भएका छन ।

धनकुटाबाट धरान जाँदै गरेको प्रदेश १(०२(००१ ज ४२७६ नम्बरको इभि माइक्रो बस र धरानबाट धनकुटा आउँदै गरेको प्रदेश १(०२(००२ ख ०३७३ नम्बरको बस साागुरीगढी गाउापालिका १ लाबरबोटेमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी माइक्रोबसमा सवार सुनसरीको रामधुनी(३ का ५८ बर्षीया जानुकादेवी खतिवडा, भोजपुर नगरपालिका(१० का २१ बर्षीय अमिर राई, सोहि स्थानका ६१ बर्षीय हर्कबहादुर राई, २० बर्षीया सोफिया राई र भोजपुर नगरपालिका ८ का ४० बर्षीय चालक विपिन नेपाल घाइते भएकोे प्रहरीले जानकारी दिएको छ । घाइतेहरूलाई मुलघाट प्रहरी चौकिबाट खटिएको प्रहरीले उद्धार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । बस चालक कुलबहादुर मगरलाई मुलघाट प्रहरीले नियन्त्रणमा लिएको छ ।