१९ चैत्र २०८१, बुधबार | Wed Apr 2 2025

Radio Khabar Palika

गाइघाट फुटबल क्लब उदयपुर धनकुटामा जारी शहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश



१८ चैत्र,धनकुटा । धनकुटामा जारी शहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगितामा गाइघाट फुटबल क्लब उदयपुर सेमि फाईनलमा प्रवेश गरेको छ । आज धनकुटाको तल्लो टँुडिखेलमा भएको खेलमा ब्वाइज फुटबल क्लब सुनसरी लाई ०–१ गोल अन्तरले पराजित गर्दै गाइघाट फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेको हो ।


खेलको १६ औं मिनेटमा गाइघाट फुटबल क्लबका जर्सि नम्बर १० का खेलाडी फोफानाले १ गोल गरी खेल अग्रता दिलाएका थिए । यस्तै ब्वाइज फुटबल क्लब सुनसरीले दोस्रो हाफपछि खेल आफनो नियन्त्रणमा राखे पनि कुनै गोल गर्न भने सकेन । ब्वाइज फुटबल क्लबको दर्जनौ प्रहार गाइघाट फुटबल क्लबका गोलरक्षक अनिल मगरले रोकेका थिए । खेलको म्यान अफ द म्याच विजेता टिमका गोल किपर अनिल मगर घोषीत भए । भोलि काठमाडौको चित्लाङ्ग फुटवल क्लब र गतबर्ष विजेता झापाको विर्तामोड युनाईटेड क्लब बीच प्रतिशपर्धा हुने आयोजकले जानएको छ । २०५५ सालबाट सञ्चालन हुन थालेको भीमनारायण गोल्डकपको यो १७ औं संस्करण हो । प्रतियोगिताको विजेताले नगद ५ लाख रुपौयाँ र उप विजेताले २ लाख ५० हजार रुपौयाँ पाउने छन् । प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता छ ।