=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026

Radio Khabar Palika

आयोजकलाई हराउदै सप्तरीको नमोबुद्ध फुटबल क्लव सेमिफाईनलमा



१७, चैत्र धनकुटा ।सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करणको पहिलो दिनको खेलमा सप्तरीको नमोबुद्ध युथ क्लब विजयी भएको छ । आईतबार धनकुटाको तल्लो टुडीखेलमा भएको खेलमा नमोबुद्धले आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटालाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो । नमोबुद्धले तीनवटै गोल पहिलो हाफमा गरेको थियो ।उसका लागि खेलको १७ औं मिनेटमा निर्मल घिसिङले गोल गरे । यसैगरी, मिस्कन दासले ३२ औं मिनेटमा नमोबुद्धका लागि दोस्रो गोल गरे भने ३९ औं मिनेटमो मोहित गुरुङले टिमका लागि तेस्रो गोल गरे । धनकुटाका लागि एक मात्र सान्त्वना गोल दोस्रो हाफको १४ औं मिनेटमा टिम क्याप्टेन दिपेन शाक्यले गरे । प्रतियोगिताको औपचारिक उद्घाटन महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुव रायाले गरेका थिए । सोमबार ब्वाइज फुटबल क्लब इटहरी र गाईघाट फुटबल क्लब उदयपुरबीच अपराह्न साढे ३ बजे सुरु हुने आयोजकले जनाएको छ । विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । २०५५ सालदेखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि ०६३ देखि नियमित सञ्चालन हुँदै आएको सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले बताए । तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको अभियोगमा ०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ ।