१९ चैत्र २०८१, बुधबार | Wed Apr 2 2025

Radio Khabar Palika

उज्यालो छर्दै तमोर करिडोर



विनोद भण्डारी( प्रशिक्षार्थी पत्रकार)

चैत १७,चौबिसे धनकुटा । एक डोको टमाटर बेच्न बुधुक राजारानी हुँदै डाडाबजार सम्म पुग्नु परेको हिजो जस्तो मात्रै लाग्छ ६८ वर्षिय बुद्धिमान माझीलाई । भाउ पनि त्यति थिएन तर परिवारको गर्जो टार्नलाई थोरै राहत मिल्थ्यो।फर्कदा नुन, तेल, लेकको तरकारी घर आउथ्यो। अहिले १६५ किलोमिटर लामो तमोर करिडोर अन्तर्गतको मुलघाट फिदिम ९२ कि.मि। खण्ड संचालनमा आए संगै दैनिक ३०/३५ केजि टमाटर त स्थानीय होटल तथा खाजाघरमा मा खपत हुन्छ। बजार त घर सम्म नै आई पुग्यो उनी भन्छ्न।
मुख्यत कृषिमा आधारित जिवनशैली यापन गरिरहेका स्थानीयहरुलाइ कृषि उपज बिक्री बितरणमा सुगमता थपिएको बताउने अर्का अगुवा कृषक लालमान माझीले गत वर्ष करिब तीस हजार रुपैयाँको सजिवन बेचे। टमाटर र खोर्सानी खेतीबाट पनि राम्रै आम्दानी लिन सफल भए। लालमान भन्छ्न– ‘पहिला सजिवन बिक्री गर्न नसकेर गाई भैसीलाई कुँडो बनाएर दिने चलन थियो। अहिले बिक्रीमा समस्या छैन ।’

चौबिसे गाउपालिका अन्तरगतका चार र पाँच नम्बर वडाका तमोर किनारका टारहरु चिर्दै अघि बढेको उक्त सडक संचालनमा आएपछि फलामेटारमा मात्रै करिव आधा दर्जन खाजाघर तथा होटल थपिएका छ्न। केही होटलले बास बस्ने सुबिधा समेत उपलब्ध गराएका छ्न। विगत दुई वर्ष देखि होटल व्यवसाय गर्दै आउनु भएका केशर तुम्सा सेवाग्राहीको माग अनुरुप बिस्तारै सेवा सुविधा थप्दै लैजाने गरि काम गरिएको बताउछ्न।अर्को पुराना होटल व्यवसायी हरि प्रसादओझा ग्राहकले विशेष तमोरको ताजा माछाका परिकार,स्थानिय खाना रुचाउने र सके सम्म ग्राहकको इच्छाअनुरुपको खाना उपलब्ध गराई रहेको बताउछन।उता चौबिसे पाँचमा सडक छेउ किराना पसल चलाउने हरि कार्की पनि व्यवसायबाट खुशी छ्न।पिच बनेसंगै आन्तरिक पर्यटक उल्लेख्य चहलपहल देख्न सकिने उक्त सडक हुँदै दैनिक सयको हाराहारी संख्यामा यात्रुवाहक तथा मालवाहक सवारी गुड्ने गरेको फलामेटार अस्थायी प्रहरी बिटको तथ्यांक छ।

भारत र चीन जस्ता व्यापारिक र सामरिक दृष्टिले सम्पन्न राष्ट्र जोड्ने छोटो मार्ग भएकोले अन्तर्राष्ट्रिय पारवहनको क्षेत्रमा ठूलो संभावना बोकेको बताउदै चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले करिडोर निर्माण पछि चौबिसेका जनताको जीवनस्तर उकास्न प्रभावकारी हुने बताए।पालिकाले करिडोर छुने गरि तिनवटा साखा सडक मार्ग निकट भविष्यमै पिच गर्ने गरि स्तरोन्नति भई रहेको र त्यस क्षेत्रमा रहेका धार्मिक र पर्यटकीय स्थलहरुको पहिचान गरि निर्माण तथा पुनर्निर्माणमा सहयोग गरिरहेको उनले थपे।
पहिले छांया क्षेत्र भनेर चिनिएको जिल्लाका तमोर किनारका बस्तिहरुहरुमा बिस्तारै आशा र खुशिको उज्यालोको बढ्दै गरेको देखिन्छ।