२३पौष,धनकुटा । सवारी दुर्घट्ना न्युनीकरण गर्ने उद्येश्यले धनकुटा नगरपालिकाको व्यस्त क्षेत्र धनकुटा ७ को विभिन्न मोडहरुमा ट्राफिक ऐना (CONVEX MIRROR ) राखिएको छ ।
धनकुटा नगरपालिका वडा नं ७ को आर्थिक सहयोगमा तयार गरेको ट्राफिक ऐना मंगलबार धनकुटा नगरपालिका वडा नं.. ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ लगायतको टोलीले शुभारम्भ गरे ।धनकुटा नगरपालिकाको अत्यन्तै व्यस्त र चहलपहलको क्षेत्र धनकुटा बसपार्कबाट मुख्य बजार क्षेत्र प्रवेश गर्ने चौक,त्रिवेणी चौक ,मदन चौक,अस्पताल क्षेत्र चुवाको बोट चौक,चार चौतारा चौक, हालको जिल्ला प्रहरी कार्यालय धनकुटा अगाडीको चौक तथा मोडहरुमा धनकुटा नगरपालिका वडा नं. ७ को लगानी र सहयोगमा सवारी आवात जावातलाई व्यवस्थित र सजिलो बनाई सवारी दुर्घट्ना हुन नदिनका लागी ट्राफिक ऐना(CONVEX MIRROR ) राख्ने अभियानको सुरुवाता गरिएको हो ।
बसर्पाकबाट धनकुटा बजार क्षेत्र प्रवेश मोडमा धनकुटा नगरपालिका वडाध्यक्ष श्री रोशेष श्रेष्ठ,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,जिल्ला ट्राफिक कार्यालय धनकुटा प्रमुख सुरेन्द्र खड्का,यूवा समाजसेवी प्रविन पोखरेल,७ नम्वर वडा कार्यालयका वडा सचिव सुमित प्रधान,समाजसेवी तथा निर्माण व्यावसायी लक्षमण विक लगायतले ७ नम्वर वडाले तयार गरेको ट्राफिक ऐना (CONVEX MIRROR ) राखेर शुभ प्रारम्भ गरेका हुन । धनकुटा नगरपालिकाको वडा नं. ७ को नगरकै अत्यन्तै व्यवस्त र चहलपहल युक्त मुख्य बजार क्षेत्रमा सवारी साधनहरुलाई आवाज जावत गर्न सजिलो बनाई सवारी दुर्घट्ना हुन नदिनका लागी व्यस्त मोडहरुमा ट्राफिक ऐना (CONVEX MIRROR ) राखिएको वडाध्यक्ष रोशेष श्रेष्ठले जानकारी दिए ।