२२ पौस धनकुटा । धनकुटाका उद्यमीहरुले उत्पादन गरेका घरेलु वस्तुको उचित मुल्य र बजारको सुनिश्चता नभएको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले सोमबार गरेको औद्योगिक लगानी र रोजगारी सृर्जना विषायक अन्तरक्रिया कार्यक्रममा उद्यमीहरुले यस्तो बताएका हुन् । उनीहरुले लगानीको सुरक्षाका ग्यारेन्टी नहुदा उद्योगीहरु पलायन हुनपरेको गुनासो गरेका छन । कार्यक्रममा धनकुटा–७ का व्यवसायी शुनीलकुमार डंगोलले फर्निचर बनाउन राम्रो काठ प्रयोग गर्न समस्या रहेको बताए । स्थानीय स्तरमा नै राम्रो सामाग्री उत्पादन गर्न सकिने हुदैहुदै पनि ऐन कानुनको समस्याले गर्दा धनकुटामा भएका राम्रा, बलियो र लामो समयसम्म टिक्ने काठ सहज तरीकाले किन्न नपाउदा समस्या सिर्जना भएको उनले बताए । यस्तो समस्या आउन नदिन स्थानीय सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने उनको भनाई थियो ।
सरकारले दिएको अनुदानले व्यवसाय फस्टाएको तर लामो समयसम्म टिक्न नसक्दा अनुदान त्यसै खेर गईरहेको व्यासायीहरुले दुखेसो गरेका छन । वास्तविक व्यवसयीलाई अनुदान दिनु पर्ने ठाउमा पहुचको भरमा अनुदान वितरण भएको कारण पनि यो समस्या आएको मासु व्यवसायि अजित पाख्रीनले बताए । जसले गर्दा ठूला र पूराना व्यवसायि बन्द हुनपुगेकाले त्यस तर्फ ध्यान दिन समेत व्यवसायि तामाङले बताए । सहभागि किसानले बैंकले ऋण लिँदा एउटा व्याजदर निर्धारण गर्ने गरेको र तिर्ने बेलामा दोब्बर बनाउने गरेको गुनासो समेत गरेका हुन । उनीहरुले तराइका बजारबाट सस्तो मुल्यका नाममा गुणस्तरहिन फलफूल तथा मासुजन्य वस्तु सवारीमा बजार घुमाएर माइकिङ गर्दै बेच्दा पनि घरेलु कार्यालय, नगरपालिका तथा उद्योग वाणिज्य संघ मौन बसेको गुनासो गरेका छन् । धनकुटामा व्यवसायिक रुपले पोल्टी पाmर्म संचालन गर्दै आएको तर बाह्य जिल्लाबाट कुखुरा र अण्डा अयात हुदाँ व्यवसाय विस्तापित हुनपुगेका धनकुटाका व्यवसायी सन्देश आठपहरीयाले बताए । अन्यत्र जिल्लाबाट विना अनुमति ल्याई वेच्ने गरेकाले यसको नियन्त्रण र निगरानी स्थानिय सरकार र प्रसाशनले नगर्दा यहाँका व्यवसायी थप घाटा ब्यहोर्नु परेको आठपहरीयाकोृ भनाई थियो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले ४ हजार २ सय २८ वटा उद्योग कार्यालयमा दर्ता भएको तथ्यांक रहेको जनाएको छ । तर पछिल्लो समय दैनिक २ देखि ३ वटा उद्योग दैनिक रुपमा खारेजी गर्न निवदेन आइरहेको कार्यालयका प्रमुख माधव वास्कोटाले बताए । कार्यलयले उद्यमीलाई थप प्रोत्साहन गर्न नियमित वार्षिक रुपमा तालिमको कार्यक्रमको आयोजना गर्दै आएको समेत उनले जानकारी गराए । त्यस्तै उद्यमीलाई प्रोत्साहन गर्न धनकुटा नगरपालिका–६ स्थित अमलेटारमा रहेको औधोगिक ग्राममा ६२ वटा ब्लक बन्ने भनिएकोमा २४ वटा बनिसकेको र त्यसमा पनि १२ ब्लक सञ्चालनमा रहेको र आगामी दिनमा उद्यमीको माग अनुसार कार्यक्रम समेत ल्याईने घरेलु तथा साना उद्योग कार्यालय प्रमुख वास्कोटाले बताए । उनले व्यवसायी तथा उद्यमीको समस्या समाधान गर्न सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख निरेन तामाङ,धनकुटाका प्रमुख जिल्ला अधिकारी टुबराज पोख्रेल, औद्योगीक ग्राम सञ्चालक समितिका अध्यक्ष तिलक महत, उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले धनकुटामा उत्पादन भएको बस्तु तथा सामग्री प्रयोग गर्न र धनकुटाकै प्राविधिक मार्फत मर्मत कार्य गर्न जोड दिएका छन । उनीहरुले जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयमा पनि स्थानीय उत्पादनलाई पहिलो प्राथमीकता दिनुपर्नेमा जोड दिए ।कार्यक्रममा जिल्लाभरिका उद्यमी तथा व्यवसायी, स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
२२ पुस २०८१, सोमबार
1.2k
Shares