२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

Radio Khabar Palika

पहिला भारी बोके ,अहिले बने रोजगारदाता



नगेन्द्र राई सिडनी अष्ट्रेलिया

शुन्य दिमाग गतिशिलताको प्रस्थान विन्दु होकि स्थिरताको सूचक, धेरै घोत्लीरहन पर्दैन अष्ट्रेलिया सिड्नीका नेपाली मूलको व्यवसायी विवेक प्रधानको जीवन कहानी खोतल्ने हो भने शुन्य दिमाख र मेहनत गतिशिलताको प्रस्थान विन्दु हो भन्न कर लाग्छ । त्यसो नहोस पनि कसरी साथीभाईको लहै लहैमा लागेर १६ वर्ष अघि अष्ट्रेलिया छिरेका भक्तपुर ठिमिका विवेक प्रधान अहिलेअष्ट्रेलियाको सिड्नीमा ३ वटा पसलको मालिक वनेको छन् ।

१८ वर्षको झम्के उमेरमा अष्ट्रेलिया प्रवेश गरेका प्रधानलाई न यहाँको स्थायी वसोवास वारे थाहा थियो न त यहाँको व्यवसायी नै वन्न सकिन्छ भन्ने दूरदृष्टी । तर प्रधानले खेपेको बर्ष २००८ लाई बिसर्ने हो भने उनीअहिले यस क्षेत्रको नेपाली समुदायमा गिनेचुनेको व्यवसायी वनि सकेका छन ।१८ वर्षको ठिटौलो उमेरमा दिमाखमा के हुन्छ र नेपाल वस्दा चिया समेत आमाले ओछ्यानमै ल्याएको चिया खाने केटो , तर यहाँ आए पछि भने समय र परिस्थितीले नै यहाँ सम्म डोर्‍यायो भन्नु पर्‍यो । प्रधान भन्छन ।प्रधानका अनुसार नेपालमा रहदा साथी भाईहरुको अमेरिका, अष्ट्रेलिया,वेलायत लगायत तेश्रो मुलुक पढ्न जाने लहर नै चल्यो त्यहि मेसोमा लागेर आफु पनिंद्द को पढाई सकेपछि सुचना प्रबिधि ९ष्त० अध्ययनका लागि अष्ट्रेलिया हानिएका बताउछन । अष्ट्रेलिया प्रवेश गरेको तेश्रो दिनबाटै ट्रकबाट फलफुलको भारी बोकेर ९ अनलोड ० उतार्ने काम पाएका प्रधानले दैनिक १४ घण्टा सम्म त्यो काम गरे । हो त्यहि फलफुलको भारी बोक्ने काम उनका लागि दैनिक जीबिकोपार्जनको माध्यम त बन्यो नै यसका अतिरिक्त ब्यबसायी बन्नका लागि सिकाइ थलो समेत बन्न गयो । त्यहि फलफुलको भारी उतार्ने काम गर्दागर्दै त्यहि बिधाको ब्यापार शुरूवात गर्ने मेलोमेसो आएको प्रधान बताउछन् ।सन २०१६ बाट केहि भारतिय साथीहरू संग मिलेर जम्मा चार जनाको संयुक्त लगानीमा यहाँको ब्यापारमा प्रबेश गरेका थिए , तर त्यो साझेदारीको ब्यापार लामो समय टिकेन ।सोचेजस्तै साझेदारी ब्यापारमा सफलता नभएपछि उनीहरू अलग भए । हाल भने एकल ब्याबसाय हाकिरहेका ३४ बषका युवा ब्यवसायी प्रधानको सिडनीमा तीनवटा पसलहरू सञ्चालनमा रहेका छन् भने जम्मा ६४ जनालाई रोजगारी दिएको प्रधान सगौरव बताउछन् । प्रधानका सिड्नीको स्ट्राफिलमा फलफुल सहितको ग्रोसरी पसल र नेपाली खान्कीको मासु पसल गरि दुई र हसफिलमा ठूलो क्षेत्रफलमा अर्को पसल सञ्चालनमा रहेको छ । अझ रोचक त के भने स्ट्राफिलमा सञ्चालनमा रहेको मासुपसलको नाम नै देवनागरी लिपीमा भेजीसेडको मासुपसल भनेर राख्नु भएको छ । तीसौ करोड रूपैयाको लगानीमा ब्याबसायी बनेका प्रधानको हकमा सफलताको सूचक कडा मेहनत की भाग्य भन्ने प्रशनमा प्रधान भन्छन् । सफलता कहा हात बाँधेर बसेर प्राप्त हुन्छ र कडा मेहनत पहिलो शर्त हो भने अलिकति भाग्यले पनि साथ दिनैपर्छ त्यसैले यी दुबैको समिश्रण नै सफलता हो जस्तो लाग्छ । उनले भने ।