१६ पौस, धनकुटा । धनकुटा नगरपालिका वडा नं ३ कागतेमा सञ्चालन भईरहेको महोत्सवमा विशेष सांगीतिक प्रस्तुति दिन आएका चर्चित गायक नोगेन लिम्बुले आफ्नो दमदार प्रस्तुति मार्फत चिसो मौसमलाई तताएका छन्।
सोमबार आयोजित कार्यक्रममा नोगेन लिम्बुले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई नाच्न, झुम्न र रमाउन बाध्य बनाए। उनका गीतमा दर्शकहरू खुबै रमाए भने थुप्रै दर्शकले स्टेज नजिकै आएर नृत्य गर्दै आफ्नो खुसी व्यक्त गरे। नोगेनको प्र्स्तुती सगै रमाइरहेका धनकुटेली दर्शकले वन्समोर भन्दै हुटिङ गरेपछि नोगेनले एकपछि अर्को गर्दै आफ्ना चर्चित गितहरु गाए र धनकुटेली दर्शक नचाए ।
महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन, विशेषगरी सुन्तला र एभोकाडो, प्रवद्र्धन गर्नु रहेको छ। यसका साथै, महोत्सवले स्थानीय पर्यटन र सांस्कृतिक पहिचानलाई समेत उजागर गर्ने प्रयास गरिरहेको छ। आयोजकका अनुसार महोत्सवको अन्तिम दिनसम्म विभिन्न मनोरञ्जनात्मक गतिविधि, सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादनको प्रदर्शनी जारी रहनेछ। महोत्सवले स्थानीय बासिन्दा र अन्य जिल्लाबाट आएका आगन्तुकलाई एकसाथ जोड्दै एउटा विशेष उत्सवको माहोल सिर्जना गरेको छ। धनकुटा क्षेत्रको समग्र विकास र स्थानीय उत्पादनको प्रवद्र्धनमा यस्तो महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ।