२२ पुस २०८१, सोमबार | Tue Jan 7 2025

Radio Khabar Palika

पर्यटकीय स्थल धनकुटाको भेडेटार फूड फेष्टिभल सुरु



१६ पौष धनकुटा । कोशी प्रदेश कै प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा १२ औं परिकार महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ बर्ष २०२५ को पूर्व सन्ध्यामा होटल एसोसिएसन भेडेटारले आयोजना गरेको परिकार महोत्सवको कोशी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मन्त्री मण्डलले यस्ता खालका महोत्सवले पुर्वमा पर्यटन प्रबद्र्धन गर्न सहयोग पुग्ने बताए । त्यस्तै प्रदेश सरकारले घोसणा गरेको कोशी पर्यटन बर्ष सफल पार्न सबै आआफ्नो ठाउँ बाट लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न सरोकारवाल निकायका प्रमुख एवंम प्रतिनिधिहरुले भेडेटार पहाडी क्षेत्रको प्रवेशद्धार समेत भएको हुदा यस्ताखालका महोत्सवले पहाडी क्षेत्रमा पर्यटकहरुको बृद्धी हुनमो विस्वास व्यक्त गरे । परिकार महोत्सवमा राई, लिम्बु, मगर, नेवारी र अन्य स्थानीय मौलिक खानाका परिकार राखिएको छ । यस्तै अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनका स्टल छन् ।

पुष १८ गते सम्म संचालन हुने परिकार महोत्सवमा पाथीभरा मन्दिर, ऐतिहासिक सागुरीगढी, नाम्जे होमस्टे, नमस्ते झरना, शखंपार्क, काम्फेक क्षेत्रको पदयात्रा, साइक्लीङ, चाल्सप्वाइन्टको स्काइवाकका लागी एकीकृत प्याकेजको ब्यबस्था मिलाइएको आयोजकले जनाएको छ ।

भेष्टिभल अबधिमा आगन्तुकहरुले नमस्ते झरनामा क्यानोइङ्ग, जीपलाइन र प्याराग्याइडिङ्ग जस्ता साहसिक खेलको आनन्द लिनसक्ने आयोजक होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए। यसैबीच पत्रकारिताका माध्यमबाट भेडेटार र धनकुटाको पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याएको भन्दै कान्तिपुर टेलिभिजनका धनकुटा सम्वाददाता विनोद घिमिरे र हिमशिखर टेलिभिजनका सुनसरी सम्बादाता गोविन्द बस्नेत लाई सम्मानित गरिएको छ । कोशी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले घिमिरे र बस्नेतलाई सम्मान पत्र र होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले जनही पाचहजार रुपैया नगदले पुरस्कृत गरेका थिए ।