३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

धनकुटा नगर स्तरीय १०० दिने विशेष अभियान शुरु



धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि संविधान सभा सदस्य डा.डिला संग्रौलाले आज धनकुटा नगर स्तरीय १०० दिने विशेष अभियानको गरिन ।
नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई,पूर्व सभापती हरी कुमार राई,संविधान सभा सदस्य लिला सुब्बा,प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्यले १०० दिने विशेष अभियानले कांग्रेसको आन्तरीक संगठन सुदृढीकरण गर्ने बताएका छन । जिल्ला उपसभापति तथा धनकुटा नगर संयोजक सुनिल कुमार डंगोलले स्वागत मन्तव्य गर्दै १०० दिने विशेष अभियानको कार्ययोजना प्रस्तुत गर्नु गरेका थिए ।


यसैगरी पाटी सचिव विजय सन्तोषी राईले संयन्त्रको काम कर्तव्य र कार्यक्रमको महत्वको वारेमा प्रस्तुत गरेका थिए । यूवा नेता कमोट कुमार फागु,क्षेत्रिय सभापती प्रदेश सभा क का जितेन्द्र राई लगायतले शुभ कामना राख्दै कांग्रेश नै धनकुटाका नागरीकको अभिभावक भएको बताएका छन ।


नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका कार्यवहाक सभापती अभिशेष कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।
कांग्रेसले धनकुटा नगरपालिका वडा नं. १ मा सरस्वती मगर,वडा नं. २ मा खगेन्द्र घिमिरे,वडा नं. ३ मा खेमराज पौडेल,वडा नं. ४ मा गोविन्द्र वाग्ले,वडा नं. ५ मा रोशेष श्रेष्ठलाई संयोजक तोकेको छ । त्यस्तै वडा नं. ६ मा सिता प्रधान,वडा नं. ७ मा श्रीकृष्ण प्रधान,वडा नं. ८ मा रविन्द्र नेपाली,वडा नं. ९ मा मिन वहादुर कार्की,वडा नं. १० मा भक्त थापालाई १०० दिने विशेष अभियान संचालन गर्न संयोजकमा रुपमा खटाइएको जिल्ला पाटी सचिव विजय सन्तोषी राईले जानकारी दिए । वडा संयोजकहरुले वडा गएर वडा र टोलको संगठन विस्तार र सुदृढीकरणका लागी १५ बुदे काम गर्नु पर्ने सचिव राईले जानकारी दिए ।यस अघि अन्य पालिकामा १०० दिने विशेष अभियान सञ्चालन गरि सकेको काग्रेशदे जनाएको छ ।