३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

विश्रान्तीमा पहिलोपटक शिव महापुराण आयोजना हुने



धनकुटा। सेवा, धर्म, संस्कृति संरक्षण र सम्बर्धनमा निरन्तर समर्पित धनकुटाको मूलघाट स्थित किरातेश्वर महादेवको कृडास्थल क्षेत्रमा रहेको विश्रान्ति मन्दिर परिसरमा पहिलोपटक शिवमहापुराण आयोजना हुने भएको छ ।
आगामी फागुन ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने उक्त धार्मिक अनुष्ठान परमादरणीय जगतगुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहन शरण देवचार्य महाराज श्रीकाबाट उद्घाटन हुने आयोजकले जनाएको छ ।


आज धनकुटामा एक कार्यक्रममार्फत विश्रान्ति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शारदाप्रसाद मिश्रको संयोजकत्वमा शिव महापुराण समारोहे मूल आयोजक समिति गठन गरिएको छ। समितिले विभिन्न उपसमितिहरूको पनि गठन गरेको छ । जसले व्यवस्थापन, सुरक्षा, प्रचार र अन्य आवश्यक व्यवस्थापनका जिम्मेवारीहरू सम्हाल्ने विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जर्नाधन घिमिरेले जानकारी दिए । उनले समारोहको तयारी र सफलता सुनिश्चित गर्न सम्पूर्ण समुदायको सहयोग र समर्थनका लागि आह्वान गरेका छन्। शिव महापुराण एक विशेष धार्मिक अनुष्ठान हो, जसले भक्तजनहरूलाई शिव भगवानको उपासना र ज्ञान प्रदान गर्ने उद्देश्य राख्दछ। यस कार्यक्रममा संलग्न हुने महानुभावहरूले धर्म, संस्कृतिका मूल्य र परंपराहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको समेत उनको तर्क छ । धनकुटाका भक्तजन र आसपासका क्षेत्रका मानिसहरूले ठूलो उत्साह र श्रद्धाका साथ यस कार्यक्रममा भाग लिने विश्वास विश्रान्ति मन्दिर व्यवस्थापन समितिको रहेको उनको भनाई छ ।
विश्रान्तीमा यस प्रकारको शिवमहापुराण लगाइएको पहिलो पल्ट हो । यस्ता कार्यक्रमले धार्मिक, सांस्कृतिक र सामाजिक दृषटिकोणबाट ठूलो योगदान पुर्याउने विश्वास गरिएको महसचिव घिमिरेले जानकारी दिए ।