३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग



धनकुटाको पाख्रीबासमा पहिरोले ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारबाट आर्थिक सहयोग गरीएको हो ।
पाख्रीवास नगरपालिका–५ स्थित गुराँसे डाडाँमा गत असोज १२ गते दुईजना आमा छोरीको मृत्यु भएको थियो । उनीहरुको परिवारलाई प्रदेश सरकाले नगद रु १ लाख नगद सहयोग गरेको छ । उक्त सहयोग रकमको चेक कोशी प्रदेश सांसद ईन्द्रमणी पराजुली र धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले संयुक्तरुपमा पिडित परिवारका सदस्य सन्तोष तामाङलाई हस्तान्तरण गरेका थिए । तामङकी श्रीमति ३२ वर्षीया आषा तामाङ्ग र उनकी आमा करिब ८० वर्षीया लक्ष्मीसोभा तामाङको पहिरोले पुरिएर मृत्यु भएको थियो ।


राहात वितरण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले पहिरोले पूर्ण क्षती भएको घर पुनः निर्माणमा प्रशासनको तर्फबात भरपुर सहयोग गर्ने बताउनु भयो । उहाँले थप राहत र सहयोगका लागी आफूहरु लागी पर्ने समेत प्रतिवद्वता व्यक्त समेत गर्नुभयो । सोहि क्रममा पहिरोले ज्यान गुमाएका परिवारलाई नेपाल रेडक्रस सोसाईटी धनकुटाले पनि राहात समाग्री हस्तान्तरण गरेको छ । रेडक्रस धनकुटाले त्रिपाल, कम्बल, भाडा, कपडा, प्लास्टिक बाल्टिन, डोरी, बोरा, जेरिक्यान, म्याट्रेस र स्वास्थ्या समाग्री वितरण गरीएको धनकुटाका रेडक्रस सभापति छत्र कुमार क्षेष्ठले बताउनु भयो ।