३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

“धनकुटा नगर : स्वच्छ सुन्दर समुन्नत शहर”धनकुटा नगर कार्यपालिकाएक परिचय



नरबहादुर भुजेल

एक परिचय

१.१ ऐतिहासिक पृष्ठभूमि ः
धनकुटा नगरपालिका पूर्वी नेपालको महाभारत पर्वत श्रृखंलामा अवस्थित सुन्दर पहाडी नगरी हो । प्रदेश नं. १ को धनकुटा जिल्लामा पर्ने यो नगरपालिका जिल्लाकै पुरानो नगरपालिका हो । विकास क्रमलाई हेर्दा यहां करिब ४०० वर्ष पहिलेदेखि बस्ती बसेको मानिन्छ । वडा नं. ७ शिरवानी भन्ने ठाउँमा रहेको मेजर पाटी भित्र टाँसिएको शिलालेख र त्यहाँदेखि अलि तल घुमाउने चौतारा थापा थर भएको मान्छेले बनाएको शिलालेख अनुसार यो शहरको स्थापना वि. स. १८८३ सालमा भएको अभिलेख प्रष्ट छ । त्यस बखत त्यहाँ यस्माली मगरहरुको बसोबास र पछि भादगाउँबाट आएका नेवारहरुको बसोबास भएको देखिन्छ । घुमाउने चौताराले अहिले पनि धनकुटाको ऐतिहासिकतालाई थप उजागर गरेको छ ।


बमविक्रम राणा बडाहाकिम भई धनकुटा आएपछि हाल सल्लेरी छेउमा दरबार बन्यो, गांैंडाको कार्यालय बन्यो, पैसा काट्ने टक्सार बन्यो । मानिसको बस्ती बस्ने क्रम शुरु भयो । बमविक्रम राणालाई मिठाई ज्यादै मन पर्ने भएकोले आफू आउँदा मिठाई बनाउने मान्छे साथै ल्याएको, जो हाल माथिल्लो कोप्चे बस्ने कुमार मास्केका जिजुबाजे भएको कुरा बूढापाकाहरु बताउँछन् ।
राणाकालकै समय देखिनै प्रसिद्धि हासिल गरेको यो नगर त्यस बेला देखि नै चहलपहल पूर्ण रुपमा थियो । राणाकालकै समय देखि यो नगर क्षेत्र भित्र हाटबजार लाग्न शुरु भैसकेको थियो । हाटबजारको शुरुवातले कृषिजन्य सामाग्रीको खरिद बिव्रmी गर्न निकै सघाउ पु¥याएको थियो । वि.सं.१९४२ (राणा काल) मा धनकुटा गौंडाको रुपमा प्रसिद्धि पाएपछि यसले उत्तरतिरका जिल्लाहरु भोजपुर, संखुवासभा, ताप्लेजुङ्ग, तेह्रथुम लगायत धनकुटा जिल्लाकै पनि प्रायः स्थानहरुको लागि व्यापारिक तथा आवतजावतको केन्द्र ९ल्यमब िएयष्लत० को रुपमा भूमिका निर्वाह गर्दै आइरहेको छ । वि.सं.१९७१ सालमा स्थापित त्रिचन्द्र अस्पताल (हाल धनकुटा अस्पताल) तथा वि.सं.१९८६ सालमा स्थापित चन्द्र आयुर्वेद औषधालय (हाल कोशी अञ्चल आयुर्वेद औषधालय) आज पर्यन्त नगरको ऐतिहासिक धरोहरको रुपमा रहिरहेका छन् । वि.सं.१९८७ सालमा यसै नगर क्षेत्रबाट २ पैसे र ५ पैसे ढ्याक छापिएको कुरामा इतिहास साक्षी छ । यो नगर पहाडी क्षेत्रमा अवस्थित भएतापनि वि.सं.२०२३ सालमानै यहाँ गाडी चल्न शुरु भैसकेको थियो । वि. सं. २०३७ साल पूर्व यहाँ वाह्य क्षेत्रको यातायातको पहुँच नभएको कारणले गाडीलाई आवश्यक पर्ने पाटपूर्जाहरु हेलिकोप्टरबाट ल्याउने गरिन्थ्यो ।
यस नगरलाई तत्कालिन सरकारले वि.सं.२०३५ सालमा तीन वटा गाउँ पञ्चायतहरू (चुलीबन, धनकुटा बजार र निगाले) मिलाएर नगर पञ्चायत घोषणा गरेको थियो । नगरपालिका विस्तारको क्रममा २०७१ साल मंसिर १६ गते नेपाल सरकारको निर्णयानुसार पुर्वको भीरगाउं गाविस र पश्चिमतिरको बेलहारा गाविस नगरपालिका क्षेत्रभित्र समावेश गरिएपछि १५ वटा वडाहरु कायम गरिएको थियो । नेपाल सरकारको पछिल्लो निर्णयानुसार २०७३ साल फाल्गुण २७ गते प्रकासित राजपत्र बमोजिम यो नगरपालिका १० वटा वडामा विभाजित छ ।
१.२ नामाकरणः
धनकुटाको नामाकरण सम्बन्धमा विभिन्न भनाइहरु पाइन्छन्, जस्तै, वर्तमान कागते भन्ने ठाउँमा ठूलो पोखरी थियो र यस पोखरीको दुबैतिर अग्ला अग्ला डाँडाहरु रहेका छन् । ती डाँडाहरुलाई धान कुट्ने ढिकीको खाँवा र पोखरीलाई ओखल जस्तो देखिने भएकोले मानिसहरुले “यो त धान कुट्ने ठाउँ पो रहेछ, यसलाई धानकुटा भन्नु प¥यो” भन्न थालियो र विस्तारै धनकुटामा परिणत भएको हो भनिन्छ । त्यस्तै गरी, सत्रौं शताब्दी भन्दा अघि धनकुटाको अस्तित्व नभएपनि नेपाल तिब्बत युद्धताका सैनिक तथा व्यापारीहरुलाई खाद्यान्न तराईबाट सिमानासम्म लैजान धेरै टाढा हुने भएकोले यस ठाउँबाट धान कुटेर लैजाने गरिएकोले धानकुटा भन्न थालिएको र विस्तारै धानकुटाबाट धनकुटा भएको हो भन्ने जनश्रुती पनि पाइन्छ ।

१.३ अवस्थितिः
विश्वमान चित्रमा एशिया महादेशभित्रको दक्षिण एशियामा अवस्थित सानो भुपरिवेष्ठित मुलुक नेपालको पूर्वी पहाडमा अवस्थित धनकुटा नगरपालिका भौगोलिक अवस्थितिको हिसावले ८७º१६ʹ १६.५ʺ देखि ८७º२२ʹ५८.५ʺ पूर्वी देशान्तर र २६º ५५ʹ ४.८ʺ देखि २७º २ʹ ५६.४ʺ उत्तरी अक्षांशमा फैलिएको छ । धनकुटा जिल्लाको मध्य भागमा अवस्थित यो नगर समुन्द्री सतहबाट २५० मीटर देखि २१४४ मीटर सम्मको उचाईमा अवस्थित छ । डाँडाको थाप्लोदेखि तल पुच्छारसम्म बस्ती फैलिएको हुनाले भौगोलिक बनावटको आधारमा यस नगरपालिकालाई पहाडी प्रदेश र बेसी प्रदेशमा विभाजन गर्न सकिन्छ । अधिकांश भूभाग भिरालो र दक्षिणी मोहडातिर फैलिएको छ । डाँडामै अवस्थित भएको कारणले यसको पानी निकास दक्षिण दिशातिर हुने गरेको छ । सबै खोलाहरु तमोर नदी भई नगरपालिकाको पश्चिमदेखि दक्षिणबाट बाहिर निस्किन्छ । पहुँच ९ब्अअभककष्दष्ष्तिथ० को सुविधाको हिसाबले धनकुटालाई सुगम मान्नुपर्छ । विराटनगर, धरान, इटहरी जस्ता ठूला शहरबाट कोशी राजमार्ग हुँदै धनकुटा पुग्न सजिलो छ भने ध.न.पा.को हिले बजार हुँदै संखुवासभा र तेह्रथुम जिल्ला पुग्न सकिन्छ । छिमेकी धरान शहरबाट यो नगरपालिकाको केन्द्र ५२ कि.मी. उत्तरतर्फ रहेको छ ।

१.४ सिमानाः
यस नगरपालिकाको सिमाना पूर्वमा छथर जोरपाटी गाउँपालिका, पश्चिममा शहिदभूमी गाउँपालिका, उत्तरमा पाख्रीबास नगरपालिका तथा दक्षिणमा सांगुरीगढी गाउँपालिका रहेका छन् ।

१.५ जलवायु ः
यहाँको हावापानी समशितोष्ण मनसुन प्रकारको रहेको छ । जाडोमा अलि जाडो र गर्मी महिनामा सामान्य गर्मी हुनु यहाँको विशेषता हो । यहाँ चैत्र देखि आश्विन सम्म गर्मी रहन्छ भने कार्तिक देखि माघ सम्म जाडो मौसम रहन्छ । सबैभन्दा जाडो महिना पुष – माघमा अधिकतम तापक्रम ३ देखि ७० सेल्सियससम्म झर्छ भने सबैभन्दा गर्मी महिना जेठमा तापक्रम २७ देखि ३२० सेल्सियससम्म पुग्छ । नगरको सवै भन्दा गर्मी ठाउँ मुलघाट र सवै भन्दा जाडो ठाउँ पर्यटकीय स्थान हिले बजार हो । त्यसैगरी, यस नगरपालिकामा औषत बर्षा १००० देखि १२०० मिलीमीटर रहेको छ । यहाँको प्रमुख नदीनालाहरु तमोर नदी, ताङ्खुवा खोला, पात्ले खोला, निबुवा खोला, सिस्ने खोला र ठोका खोला हुन् ।

१.६ क्षेत्रफलः
धनकुटा नगरपालिका धनकुटा जिल्लाका ७ वटा स्थानीय तहमध्ये एक हो । कूल ११०.०८ व.कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरपालिकाले धनकुटा जिल्ला (८८७.७ व.कि.मी.) को १२.५% र नेपालको कूल भू–भाग (१,४७,१८१ व.कि.मी.) कोे ०.०७५% क्षेत्रफल ओगटेको छ ।
प्रशासनिक रुपमा सेवा प्रवाह गर्न यो नगरलाई १० वटा वडाहरुमा विभाजन गरिएको छ । समुदायस्तरमा सामाजिक आर्थिक विकासका लागि १७७ वटा टोल विकास संस्थाहरु, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रहरु गठन गरी सामाजिक परिचालनका कार्यहरु भइरहेका छन् ।
२. सामाजिक अवस्था
यस नगरपालिकामा विभिन्न जातजातिका मानिसहरुको बसोबास रहेको छ । आठपहरिया जातीको एक मात्र बसोवास थलोको रुपमा धनकुटालाई चिन्ने गरिएको छ । यस नगरपलिकामा सबै भन्दा बढी जनसंख्या क्षेत्रीहरु पछि आठपहरियाहरुको रहेको छ । उनीहरुको जनसंख्या नगरपालिकाको कूल जनसंख्याको १६ प्रतिशतको हाराहारीमा रहेको छ । यसैगरी नेवार, तामांग, बाहुन, राईको जनसंख्या उल्लेख्य रुपमा रहेको छ । कूल ९४६० घरधुरी रहेको यस नगरपालिकाको कुल जनसंख्या ३६६१९ रहेको छ । धर्मको हिसाबले हेर्दा कूल जनसंख्याको ६१.६ प्रतिशत जनसंख्या हिन्दू धर्मावलम्बी, २४.५ प्रतिशत किरात, ११ प्रतिशत बौद्ध धर्मावलम्बी, क्रिश्चियन १.८ प्रतिशत, ईस्लाम ०.३४ प्रतिशत र अन्य ०.३२ प्रतिशत रहेकाछन् । यस नगरका वासिन्दाहरु धर्मका आधारमा परम्परागत रहनसहन र चाडपर्वहरु मनाउने गर्दछन ।
यस नगरपालिकामा बसोबास गर्ने विभिन्न जातजातिका मानिसहरुको शैक्षिक अवस्था उत्साहजनक रहेको देखिन्छ । यसैकारण नगरपालिका लगायत धनकुटा जिल्ला नै साक्षर जिल्ला घोषणा भइसकेको छ । हाल यहांको साक्षरता दर ९६.८८ प्रतिशत रहेको छ । जातिगत रुपमा हेर्दा दलित र जनजातिको साक्षरता दर अन्य जातिको तुलनामा केहि न्यून रहेको छ ।
पेशाको आधारमा यस नगरपालिकामा सबै भन्दा धेरै जनसंख्या कृषिमा निर्भर रहेका छन् । कृषि तथा पशुपालनमा करिब ४४ प्रतिशत निर्भर रहेका छन् । उद्योग तथा व्यापार व्यवसायमा करिव १४ प्रतिशत निर्भर रहेका छन् । त्यस्तैगरि नोकरी तर्फ झण्डै १२ प्रतिशत संलग्न छन् भने बैदेशिक रोजगारमा करिब ७.९५ प्रतिशत निर्भर रहेकाछन् भने बांकी जनसंख्या दैनिक ज्यालादारी गरि खाने र पेन्सन, घरभाडा, व्याज आदीमा निर्भर रहेको देखिन्छ ।
यस नगरपालिकाले वि.सं. २०७० साल बैशाख १ गते देखिनै प्लाष्टिक झोलामुक्त नगर घोषणा गर्न सफल भइरकेको छ । २०७१ साल पौष १६ गते खुला दिसामुक्त र पुर्ण खोप सुनिश्तिता नगर घोषणा गरेको छ । धनकुटा नगरपालिका अन्य सेवा प्रबाहको दृष्टिकोणले पनि उत्कृष्ट नगरपालिकाको रुपमा स्थापित हुंदै आएको छ । यसको ज्वलन्त उदाहरणमा देशभरिकै नगरपालिकाहरुको सेवा प्रवाहको मापन गर्न गरिने न्यूनतम शर्त तथा कार्यसम्पादन मुल्यांकनमा प्रथम तथा द्धितिय स्थानमा अडिरहन सफल भएको हो
३. धनकुटा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु ः
धनकुटा नगरपालिका साविकमा २०३५ साल पौष १ गते देखि नगर पञ्चायत रहँदा एवम् २०४६ साल पछि नगरपालिकामा रुपान्तरित भएपछि नगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ । सर्व प्रथम २०३५ साल देखि हालम्मका नगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका निर्वाचित व्यक्तिहरुका विवरण तपसिल बमोजिम रहेको छ ।

४. धनकुटा नगरपालिकामा भएका संस्थागत विकासहरु ः
धनकुटा नगरपालिकाले नगरको समग्र विकास प्रयासको लागि नगरपालिकाको संस्थागत संरचनाहरुमा नगर सभा, कार्यपालिका, विभिन्न समितिहरु गठन भई क्रियासिल रहेका छन् । त्यसै गरी नगरपालिकाको सेवालाई प्रचलित कानुन बमोजिम स्थानीयस्तर सम्म पु¥याउन वडा तथा सेवा केन्द्रतहसम्म विस्तार गरी सेवा व्यवस्थापन गरेको छ । नगरपालिकाको केन्द्र भवन धनकुटा नगरपालिका वडा नम्बर ५ स्थित साविककै कार्यालय भवनमा नयाँ भवनहरु निर्माण गरी सञ्चालन गरेको छ भने अन्य वडाहरुमा वडा कार्यालयहरु स्थापना गरी नियमित सेवा प्रवाह गरेको छ । कार्यालयमा विभिन्न शााखा तथा उपशाखाहरु स्थापना गरेको छ । १० वटा वडा कार्यालयहरु तथा ५ वटा स्वास्थ्य सेवा केन्द्रहरु एवम् १ फोहोरमैला व्यवस्थापन केन्द्र गरी जम्मा १७ स्थानहरुबाट नगरपालिकाको नियमित सेवाप्रवाह भएका छन् । कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भएका कर्मचारी, सोही ऐन अनुसार लोकसेवा आयोगबाट सिफारिस भएका कर्मचारी, साविकमा स्थानीय निकायमा कार्यरत रहेका कर्मचारी एवम् नगर कार्यपालिकाले सेवा करारमा लिएका कर्मचारीहरुलाई परिचालन गरी नगरपालिकाको नियमित सेवा प्रवाहलाई व्यवस्थापन गरिएको छ । त्यसै गरी नगर क्षेत्रमा रहेको सामुदायिक तथा संस्थागत विद्यालयहरु, टोल विकास संस्थाहरु, महिला स्वास्थ्य स्वमयसेवीकाहरु, मेलमिलापकर्ताहरु, बाल तथा युवा क्लावहरु, उपभोक्ता समितिहरु, विभिन्न प्रकारका सामाजिक तथा पेशागत संघसंस्थाहरु लगायतका सरोकारवालाहरुको सामुहिक प्रयासबाट नगरको सेवाप्रवाह तथा विकास व्यवस्थापन गरिएको छ ।

५. धनकुटा नगरपालिकामा बनेका कानुनहरु ः
धनकुटा नगरपालिकामा स्थानीय तहको निर्वाचन भएपछि नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको एकल अधिकार कार्यान्वयन गरी नगरवासीलाई सेवा सुविधा व्यवस्थापन गरी समग्र नगर विकास तथा सुशासन कायम गर्नका लागि विभिन्न प्रकारका ७१ वटा कानुनहरु तर्जूमा गरी कार्यान्वयनमा ल्याइएको छ । जुुसमा ऐनहरु १९, नियमहरु १०, निर्देशिकाहरु ६, कार्यविधिहरु २९, मापदण्ड÷आचारसंहिता÷नीतिहरु ७ वटा रहेका छन् । स्थानीय सरकारलाई कानुन तर्जूमा गर्ने अधिकारको पहिलो अभ्यास भएकाले धनकुटा नगरपालिकाले सरकार सञ्चालनको लागि आवश्यक कानुन तर्जूमा गरी कार्यान्वयनमा ल्याउनु चुनौतिपूर्ण भएता पनि कानुन तर्जूमा गरी कार्यान्वयनमा ल्याउनु नगरपालिकाले एक अवसरको रुपमा समेत लिई धेरै कानुनहरु कार्यान्वनयमा ल्याएर नागरिकको सेवालाई स्थानीयकरण गर्ने प्रयत्न निकै उदाहरणीय मानिएको छ । यसरी बनेका कानुनहरुलाई राजपत्रममा प्रकासन एवम् नगरपालिकाको वेभसाईडमा प्रकासित गरी सार्वजनिक समेत गरिएको छ ।

६.धनकुटा नगरपालिकामा स्थानीय तह गठन भएपछि स्वीकृत भएका बजेट तथा आन्तरिक आय विवरण ः
धनकुटा नगरपालिकाले स्थानीय तह गठन भएपछि आर्थिक बर्ष २०७४।७५ देखि पाँच बर्षमा सङघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाहरु समेतको सहकार्यमा नगरपालिकाले बजेट तर्जूमा गरी कार्यान्वयनमा ल्याएको छ । त्यसै गरी नगरपालिकाको आन्तरिक आर्यमा सुधार आएको छ । नगरसभाबाट स्वीकृत भएको बजेट तथा कार्यक्रमलाई निर्धारित समयमै कार्य सम्पादन गरिएको छ ।

३. नगरपालिका क्षेत्रका पर्यटकिय स्थलहरुको विवरण
(धार्मिक÷ऐतिहासिक÷पुरातात्विक) ः

मार्गाथान

धनकुटा न.पा. वडा नं. ५ बिहिबारे हाटमा रहेको मार्गादेवीको मन्दिरलाई मार्गाथान भनिन्छ । मार्गाथानलाई इँटाको चौघेराले घेरी भित्र पस्नका लागि ढोका बनाइएको छ । चौघेराको बीचमा फलामका त्रिशूलहरु राखिएका छन् ।त्यस मन्दिरमा आठपहरिया जातिले धुलेपुजा, न्वागीपूजा, मंसीरेपूर्णिमा आदिमा विशेष पूजा गरी सुँगुरको पाठा तथा कुखुराको चल्ला बलि दिने चलन रहेको छ ।

निशान भगवती मन्दिर
धनकुटा नगरपालीका वडा नं. ६ मा अवस्थित निशानथान (निशान भगवती मन्दिर) करिब १६० वर्ष अगाडि स्थापना भएको मानिन्छ । यस मन्दिरमा प्रत्येक दिन नेपाली सेनावाट खटिएका पुजारीले विधिपूर्वक नित्य पूजागर्ने गरिएको छ । एकादशी, आंैशी र आइतवार बाहेक अन्य दिनहरुमा यस थानमा बोका, राँगा, हाँस आदिको बलि दिने गरिन्छ । नेपाली सेनाद्वारा बडादशै तथा चैते दशैमा विधिपूर्वक विशेष पूजाआजा गरी बलि दिने गरिएको छ । यस मन्दिरमा दिनहुँ धेरै श्रद्धालुहरु दर्शन तथा पूजाआजाका लागि आउने गर्दछन् ।

भीमसेन मन्दिर
भीमसेन मन्दिरनगरको वडा नं. ६ मा पर्दछ । स्व.श्री ५ राजेन्द्रको शासनकालमा पश्चिम ९ नं. झिल्टुङ नुवाकोटबासी बखनुवारसिंह भण्डारीले काजीपद पाई धनकुटा आउँदा सुनसान यस नगरमा १८८१ मा मन्दिर निर्माण र भीमसेनको मूर्ति स्थापना गरेको शिलालेखमा पाइन्छ ।

धर्मगंगा तथा कैलासनाथ धाम ः

वडा नं. ६ बाख्रे खोला धरान धनकुटा राजमार्गकै आसपासमा रहेको धर्मगंगा तथा कैलासनाथ धाम प्राकृतिक रुपमा दुवै तर्फ पहाडको फेदीमा रहेको धार्मिकस्थल हो । माघ १ गते माघे सक्रान्तिको दिन भव्य रुपमा पुजा आराधना गर्ने सो ठाउँलाई अहिले थप पर्यटकीय रुपमा पैदल मार्ग तथा बृक्षा रोपण गरी सजाईएको छ । ओडार भित्र पसे पछि ढुंगामा गाईको थुन जस्तो आकृति भई नियमित रुपमा पानी झेरको ठाउँलाई मुख्य देवस्थल मानिन्छ । परापूर्वकालमा स्थानीय आठपहरिया जातिले धार्मिक स्थलको रुपमा मान्दै आएको पनि अहिले सवै जातजातिले उत्तिकै महत्व दिई पुर्जा अर्चना गर्दै आएका छन् ।नगरपालिका क्षेत्रभित्र दृश्यावलोकन, मनोरञ्जन तथा पिकनिक आदिको रमाइलो लिन सकिने धेरै स्थलहरु छन् । ऐतिहासिक धनकुटा गौंडा, हिले बजार, बिहीबारे साप्ताहिक हाटबजार, श्रीपञ्चमी पार्क, थामडाँडा, ऐतिहासिक भाषा स्कुल, गोकुण्डेश्वर मा.वि, गुराँंसे र नारायणी टी स्टेट, निशान भगवती, क्षेत्रीय संग्रहालय, धनकुटा बजार,सल्लेरी वन, पार्क, भीमनारायण चोक, मेजर पाटी, टुँडिखेल र धरहरा, ऐतिहासिक बाउन्न ढोके दरबार, घुमाउने चौतारा, सेती गङ्गा तथा चुलीबन यस्ता उदाहरणहरु हुन् ।

विहिवारे हाट


प्रदेश संग्रहालय
क्षेत्रीय संग्रहालयमा पूर्वाञ्चल विकास क्षेत्रमा बसोबास गर्ने विभिन्न जनजाति(आठपहरिया, लिम्बू, मेचे, धिमाल, आदि)को भेषभूषा, भाडाकुँडा, हातहतियार, बाजागाजा एवम् रहनसहनका विविध सामाग्रीहरुको अनुपम संकलन रहेको छ ।

हिले तोङवा चोक ,हिलेबजार
समुन्द्री सतहबाट करीब १९५० मीटर उचाईमा अवस्थित हिलेबजार धनकुटा नगरपालिका वडा नं. १ मा अवस्थित छ । कोशी राजमार्ग हिले बजार बाट अघि बढेर तेह्रथुम तर्फ गएको छ भने भोजपुर जाने सडक पनि यहाँबाटैछुट्टिएको छ । हिले व्यापारिक केन्द्र पनि हो । यहाँ पर्यटकहरुकालागि सुविधाजनक होटल, लजहरु उपलव्ध छन् ।वर्षैभरी चिसो हावापानी रहने हिलेमा चिसो वातावरणमा रमाउन चाहने मानिसहरु वर्षै भरी आइरहन्छन्। पारखीहरुकालागि हिलेको “तोङवा” र सुकुटी प्रसिद्ध छ । यहाँ एउटा आकर्षक बौद्ध गुम्बा पनि छ । धनकुटा नगरपालिका क्षेत्रको केही महत्वपुर्ण स्थानहरुको विवरण निम्नानुसार दिईएको छ ।

     

नगरपालिका फोहोरमैला व्यवस्थापन केन्द्र

धनकुटा नगरको नियमित फोहोरमैला संकलन तथा व्यवस्थापन गर्नको लागि वडा नं. ६ स्थित सल्लेरी जंगल भित्र नगरपालिका फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको छ । यहाँ सल्लेरी जंगल भित्र प्राकृतिक रुपमै रहेको ठुला ठुला खाल्डोको एकतिर पर्खाल निर्माण गर्दै काम नलाग्ने फोहोर पुर्ने कार्य नियमित रुपमा गरिन्छ । विशेष गरी नगर क्षेत्रबाट नियमित रुपमा संकलन गरी केन्द्र सम्म ल्याईएका फोहोरलाई निजी क्षेत्रबाट बर्गिकृत गरी विक्री योग्य फोहोरलाई संकलन गरी बाँकी रहेको काम नलाग्ने करिव ३० प्रतिसत फोहोरमात्र पुर्ने गरिन्छ । यसरी फोहोरलाई खाल्डोमा निश्चित समयसम्म पुरेपछि खाल्डो माथि माटो लगाई सोही स्थानमा हरियाली एवम् फूलवारी बगैंचा निर्माण, फोहोर बर्गिकरण र न्यूनिकरण सम्बन्धी नमूना योग्य काम गरेकोले धनकुटा नगरपालिका फोहोरमैला व्यवस्थापन तथा सरसफाईमा नेपालकै प्रथम सफा शहर घोषणा समेत भएको हुँदा यो फोहोरमैला व्यवस्थापन केन्द्र नेपालकै नमूना अध्ययन केन्द्रको रुपमा स्थापित भई अहिले दिनहुँ जसो अध्ययन अवलोकन टोलीले अध्ययन गर्ने अनुसन्धनात्मक पर्यटकीय केन्द्रको रुपमा विकास भएको छ ।

चुलिवन पर्यटन क्षेत्र

चुलिवन पर्यटन क्षेत्र स्थानीय आठपहरिया जातिको वसोवास स्थलको उपल्लो भागमा रहेको धार्मिक तथा पर्यटकीय स्थान हो । तीन वटा सामुदायिक बन क्षेत्र भित्र पर्ने यो पर्यटकीय क्षेत्रमा विभिन्न प्रजातिका बोटविरुवाले सजिएको छ । धनकुटा बजारबाट १५ मिनेटको यात्रा पछि पुग्ने सकिने उक्त ठाउँमा जंगल भित्रको यात्रा गर्दा हिमाल देखि तराई सम्मका सवै प्रकारका बोटविरुवा एकै स्थानमा देख्न पाउँदा अत्यन्तै रमणिय अनुभूति हुन्छ । कलात्मक प्रवेशद्धार, विश्वकै ठुलो चियादानी, रिद्धमा रामालिहाङ सहीद स्तम्भ, धनकुटा ख्ष्भध, लुङसी फल ख्ष्भध र हालै बनेको ५ तले चुलिवन ख्ष्भध त्यधभच ले चुलिवन क्षेत्रको थप आकर्षण थपेको छ यहाँ देखि देखिने मनोरम दृष्य अत्यन्तै आकर्षक पर्यटकीय विन्दु हुन । उकालो १५ मिनेट सम्म जंगलको यात्रा गरे पछि चुलिवन डाँडाबाट देखिने नागवेली परेर बगेको तमोर नदी र चौविसे क्षेत्रको पहाडी भू–धरातलले जो कसैको मन लोभ्याउँछ । चुलिवन डाँडामा रहेको स्थानीय आठपहरिया जातिको ठुलो धार्मिकस्थल मार्गदेवी मन्दिर क्षेत्र समेत भएकाले चुलिवन धार्मिक साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा विकास हुँदै गएको छ । दिनहुँ जस्तो आन्तरिक पर्यटकहरु आउने गरेका छन् भने बिषेश गरी शनिवारका दिन परिवार सहित चुलिवन घुम्न जाने चलन बढदै गएको छ ।

चुवाबोट ग्रीन पार्क

धनकुटा नगरपालिका वडा नं. ७ हुलाक टोलमा रहेको ऐतिहासिक चुवाको बोटलाई पर्यटकीय स्थलको रुपमा विकास गरिएको चुवाबोट ग्रीन पार्क धनकुटा बजारको मुख्य भागमा रहेको छ । यो पार्क धनकुटा नगरपालिकाको लगानीमा हुलाकटोल टोलवस्ती संगठनको सकृयतामा निर्माण गरिएको हो । पार्कमा बिशेष गरी दुई वटा पानीका रंगीन फोहोरा र विभिन्न प्रजातीको माछा भएको एक्वेरुम निर्माण गरिएको छ । पार्क भित्र पर्यटकहरुलाई बसेर अबलोकन गर्नका लागि विश्रामलयहरु राखिएको छ । बजारको मुख्य भागमा रहेको पार्क भएकाले विहान देखि दिनभरी पार्क घुम्नका लागि आन्तरिक पर्यटकहरु आवत जावत गर्छन् । दैनिक २०० पर्यटकहरु आउने यो पार्कमा साँझपख एक घण्टा पानीको फोहोरा देख्न पाईन्छ जसले गर्दा घुम्न आउने पर्यटकहरु पानीको फोहोरामा रमाउने गरेका छन् । घुम्न आउने मानिसहरु पार्कमा फोटो खिचेर रमाउने गरेका छन् ।

             शिवपार्क

धनकुटा नगरपालिका वडा नं. ६ बीच बजारमा पर्यटकीय क्षेत्रको निर्माण गरिएको स्थान नै शिवपार्क हो । यो पार्कमा भित्र रहको ऐतिहासिक शिव मन्दिर परापूर्व काल देखिनै पुजा आज गर्ने मन्दिर हो । धार्मिक आस्थाको रुपमा रहेको मन्दिर परिसरमा रहेको जग्गामा नगरपालिकाको लगानीमा यो पार्क निर्माण गरिएको हो । स्थानीय बासिन्दा शिव श्रेष्ठले उपलब्ध गराएको जग्गा समेतलाई समेटेर बनाईएको पार्क क्षेत्रमा खुला स्थान, प्रतिक्षालय र फुलवारी बगैंचा व्यवस्थापन गरी तयार गरिएको यो पार्कमामा बजार क्षेत्रका माानिसहरु विहान बेलुकी भेलाभई आनन्द लिने गरेका छन् ।

मधुगंगा
मधुगंगा धनकुटा नगरपालिकाको वडा नं. २ भीरगाउँमा पर्दछ । यो मन्दिर हिले बजारको षडेश्वर शिवालयदेखि करिव ९.५ कि.मि. दक्षिण पूर्वमा अवस्थित छ । यो एउटा पानीको झरना, गुफा र प्राकृतिक प्रस्तरयुक्त स्थल हो । मधुगंगा खोलाको बीच भागमा एउटा पहरामा गुफाको मुखबाट करिव २० मिटर माथि एउटा अदभूत शिवलिंग छ त्यसलाई मधुगंगा शिवजी मानेर पूजाआजा गर्ने चलन छ । त्यसै गरी गुफा भित्र साँडे र सर्पको ढुङ्गाको आकृति रहेको छ । यसको माथितिर छेउमा एउटा छहरा छ भने गुफाभित्रबाट पानी उम्रिएर बगि रहेको देखिन्छ । निकै साँगुरो उक्त गुफामा पस्नका लागि केही सिंढीहरु बनाइएका छन् ।मधुको मतलव देवता र मह पनि हुने गर्दछ । भीरगाउँको मधुगंगा भने शिवस्थान मानिन्छ । यहाँका शिवजीलाई मधुनामक गाईको दूध चढाइएको हुनाले यसको नाम मधुगंगा रहेको मान्यता छ । अघि शिवजी हिमालय पर्वततिर जाँदा यसै स्थानमा बास बसेका थिए भन्ने मान्यता स्थानीय मानिसहरुमा रहेको पाइन्छ । पहिले यस स्थानमा किरातेश्वर शिवजीको पूजाआजा हुने गर्दथ्यो । पछि यसलाई शिवजी र मधुगंगामात्र पनि भन्न लागिएको हो । मधुगंगा भेगमा मेला लाग्ने मुख्य अवसर धान्यपूर्णिमा, माघे संक्रान्ति र साउने संक्रान्ति हुन् । बालाचतुर्दशी र शिवरात्रीका अवशरमा पनि मधुगंगामा निकै मानिसहरु पुग्ने गरेका छन् । मधुगंगाको उत्पत्तिका बारेमा खासै प्रमाणहरु पाइएका छैनन् । तर पनि त्यहाँका पुजारीले चार पुस्तादेखि मधुगंगामा पूजाआजा गर्न लागेको बताइन्छ । मधुगंगा धनकुटा नगरपालिका भित्रको धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थल हो, जसको संरक्षण, विकास र प्रचारप्रसार गरी पर्यटक भित्र्याउने कार्य गर्न सकिन्छ । नगरपालिकाले उक्त धार्मिकस्थलको बृहत्तर विकासको लागि मधुगंगा पर्यटन गुरु योजना समेत निर्माण गरी कार्यान्वयन शुरु भई सकेको छ ।

बक्र कुण्ड
बक्रकुण्ड मन्दिर वडा नं. १ हिले बजार देखि २ कि.मि. पूर्व तर्फ रहेको छ । यो धार्मिकस्थल वरीपरी बक्र आकारको ढुङ्गका सिलाहरु अवस्थीत छन् जसमा विभिन्न प्रकारका देवी देवताहरुको मुर्ति प्राकृतिक रुपलेनै अंकित भएको आकृतिहरु देखिन्छ । यहाँ ढुङ्गाको धर्मद्धवार समेत रहेकाले जसमा श्रद्धालुहरु धर्मद्धवारमा छिरेर आनन्द लिन्छन् । यहाँ तीज, महाशिवरात्री, रामनवमी, श्रीपञ्चमी लगायतमा महत्वपूर्ण चाडपर्वहरुमा विशेष मेला लाग्ने गरेको छ । यो मन्दिरमा पशुवली नहुने भएकाले श्रद्धालुहरुले फलफुल, रंग अविर, घण्टी र भेटी चडाएर पुजा गर्ने चलन रहेको छ । भौगोलिक रुपलेनै डाँडामा रहेको मन्दिर भएकाले नजिकै भ्यू प्वाईन्ट बनाईएको छ जहाँ पुग्नका लागि मन्दिर देखि १०८ सिँडी हिँडेर पुग्न सकिन्छ । यो भ्यू प्वाईन्ट देखि अरुण नदी बगेको नागबेली दृष्य, अरुण उपत्यका, धनकुटा तथा भोजपुरका रमणीय भेगहरु आकर्षक रुपमा हेर्न सकिने भएकाले सदैव चिसो हावा चल्ने यो मन्दिर पर्यकीय रुपले समेत उत्तिकै महत्वको स्थान हो । मन्दिर सम्म पुग्न सडक निर्माण भई सकेकोले हिले बजार देखि सवारी साधानमा ५ मिनेट र पैदल यात्रा १५ मिनेटमा पुग्न सकिन्छ ।