२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

Radio Khabar Palika

धनकुटामा मतगणना जारी, सान बहादुर राईको अग्रता कायम




धनकुटा, २२ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार सान बहादुर राईले अग्रता कायमै राखेका छन । उनले ३ हजार २ सय ३७ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेन्द कुमार राईले २ हजार ३ सय ९९ मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन्। त्यसैगरी नेपाली कांग्रेसका दिनेश राईले १ हजार ८ सय २५ मत प्राप्त गरेका छन्।
धनकुटामा मतगणना भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।