
धनकुटा, २२ फागुन । धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतगणना सुरू भएकाे छ । जिल्लास्थित सामुदायिक भवनमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
धनकुटामा रहेका १ सय १९ मतदान स्थलमा रहेका १ सय ६६ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको थियो । धनकुटामा रहेका १ लाख १८ हजार ४ सय २५ मतदातामा ५४ दशमलब ४५ प्रतिशत मात्र मत खसेको थियो । अर्थात् ६४ हजार ४ सय ९० जनाले मतदान गरेका हुन् । धनकुटामा ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता रहेकोमा ३२ हजार १ सय ५६ पुरुष र ३२ हजार ३ सय ३४ महिला मात्रै मतदानमा सहभागी भएका थिए ।







