
धनकुटा माघ,२७ । विद्यालय केन्द्रीत पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप कार्यक्रमअन्तर्गत पहिलो दिनको अनुगमन सम्पन्न भएको छ।
जिल्ला खोप समन्वय समिति प्रमुख निरेन तामाङ्ग, सहिदभुमि गाउपालिकाका अध्यक्ष मनाेज राई, स्वास्थ्य कार्यालय धनकुटाकी प्रमुख सिर्जना बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत सूर्य भण्डारी तथा स्वास्थ्य शाखा प्रमुख फकिर मोहम्मदको उपस्थितिमा कार्यक्रमको स्थलगत अनुगमन गरिएको हो।अनुगमनका क्रममा विद्यालयमा खोप सञ्चालनको अवस्था, लक्षित समूहको सहभागिता, खोप भण्डारण तथा व्यवस्थापन, स्वास्थ्यकर्मीको तयारीलगायत विषयमा जानकारी लिइएको थियो। सरोकारवालाहरूले खोप कार्यक्रमलाई प्रभावकारी, सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न निर्देशनसमेत दिएका छन्।
कार्यक्रममार्फत किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यसहित एच।पि।भी। खोप लगाइँदै आएको छ। सम्बन्धित निकायहरूले सबै अभिभावक तथा विद्यार्थीलाई खोप कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेका छन्।






