२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

Radio Khabar Palika

भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा धनकुटामा विपन्न नागरीकलाई कम्बल वितरण



माघ १२,धनकुटा । मित्र राष्ट्र भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा धनकुटामा शुभकामना आदान–प्रदान तथा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल–भारत मैत्री संघ धनकुटाको आयोजनामा सोमबार स्थानीय विपन्न तथा गरिब परिवारलाई कम्बल वितरण गरिएको हो। संघले स्थानीय १६ जना विपन्न जेष्ठ नागरीकलाई कम्बल वितरण गरिएको संघका अध्यक्ष महेश प्रसाद श्रेष्ठले जानकारी दिए । कार्यक्रममा वक्ताहरूले नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, आपसी सहकार्य र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन यस्ता सामाजिक कार्यक्रमले योगदान पुर्‍याउने बताएका थिए।