७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

Radio Khabar Palika

कोशी प्रदेश ब्याडमिन्टन संघको प्रथम अधिवेशन



माघ ५, धनकुटा । नेपाल ब्याडमिन्टन संघ कोशी प्रदेशको प्रथम अधिवेशन धनकुटामा सम्पन्न भएको छ । धनकुटामा हिजो भएको प्रथम अधिवेसनले धनकुटाका यज्ञश्वर श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।
सो अधिवेसनबाट उपाध्यक्षहरुमा दिपक कुमार आङ्दम्बे र प्रतिक श्रेष्ठ, सचिव प्रकाश राई र कोषाध्यक्षमा मिलन नेम्बाङ चयन भएका छन ।
त्यसैगरी सो अभिवेसनबाट प्रेम लिम्बु, जानकी बल्लभ पोख्रेल, मुनिराम राई र मनबहादुर राई सदस्यमा चयन भएका छन ।
नेपाल व्याडमिनटन संघ कोशी प्रदेशका तदर्थ समितिका अध्यक्ष यज्ञश्वर श्रेष्ठको सभापतित्वमा भएको सो अधिवेसनको संघका केन्द्रिय अध्यक्ष रामजी बहादुर श्रेष्ठले उद्घाटन गरे।
सो अधिवेसनको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का पुर्व सदस्यहरु कुसुम श्रेष्ठ, संघका उपाध्यक्ष चन्द्रशेखर लामा, महासचिव तथा राखेपको पुर्व सदस्य बिरेन्द्र श्रेष्ठ लगायतले संघको एकल प्रयासबाटै खेलकुद क्षेत्रमा निक्कै प्रगति भइरहेको बताएका छन ।