
धनकुटा २५ पुस । धनकुटामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेडक्वाटर छिन्ताङले शसस्त्र प्रहरीको २५ औँ स्थापना दिवसको अवसरमा एक असहाय ज्येष्ठ महिलालाई सहयोग गरेको छ।
धनकुटा नगरपालिका ४ की ८२ वर्षीया विपन्न तथा एकल महिला राजेश्वरी आठपहरियालाई सशस्त्र प्रहरीले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको हो। गुल्मपति प्रेमप्रसाद सिग्देलको नेतृत्वको टोलीले ती महिलाको घरमै पुगेर सहयोग सामग्री हस्तान्तरण गरेको थियो । स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सेवामा जोड दिँदै असहाय तथा विपन्न वर्गलाई सहयोग गरिएको गुल्म पति सिग्देलले जनाए । यस्ता सहयोगात्मक गतिविधिले समुदायसँग सशस्त्र प्रहरीको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे । कार्यक्रममा गुल्मपति प्रेमप्रसाद सिग्देल, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, पत्रकार विनोद घिमिरे लगायतको उपस्थिती रहेको थियो ।






