
पुस १०, धनकुटा । निर्माण व्यवसायी संघ धनकुटाको बैठकले विभिन्न प्रस्तावहरूमाथि छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले संघका एक सदस्यका छाेरा तथा सल्लाहकारको स्वास्थ्य अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै मानवीय सहयोग गर्ने निर्णय गरेको हो।

धनकुटा निर्माण व्यवसायी संघका सदस्य तथा अनु एण्ड अभि कन्स्ट्रक्सन प्रा.लि.का प्रोप्राइटर विजय श्रेष्ठका छोरा अभिषेक श्रेष्ठ हाल मुखको क्यान्सर रोगबाट पीडित भई भारतमा उपचाररत रहेका छन । उपचार प्रक्रिया लामो तथा खर्चिलो भएकाले सहयोगको आवश्यकता परेको बैठकमा जानकारी गराइएको थियो। त्यसैगरी, निर्माण व्यवसायी संघ धनकुटाका सल्लाहकार हर्क बहादुर राई केही दिनअघि हिँड्ने क्रममा बाटोमा लडेर गम्भीर घाइते भई हाल उपचाररत रहेकोले दुबै बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निर्माण व्यवसायी संघ तथा उपस्थित व्यवसायीहरूको तर्फबाट स्वेच्छिक आर्थिक सहयोग गर्ने निर्णय गरेको निर्णय गरेको अध्यक्ष प्रकास थुलुङले जानकारी दिए । संघको तर्फबाट क्यान्सर पीडित बालकका लागि ३० हजार ५०० र बैठकमा उपस्थित व्यवसायीहरूबाट रु ३३ हजार ५०० गरी जम्मा ६४,हजार हस्तान्तरण गरिएको अध्यक्ष थुलुङले जानकारी दिए । उनले क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग गर्न इच्छुकले धनकुटा निर्माण व्यवसायी संघ, धनकुटा मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन । सम्र्पकको लागि ९८५२०५०७७०, ९८५२०५०८८९ र ९८४२३११८२२ मा सम्पर्क गर्नको लागि पनि अनुरोध गरेको छ ।






