
धनकुटा ५ पुस । धनकुटाको चञ्चला देवी बहुउद्देश्यीय दुग्ध उत्पादन सहकारीले कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाको ३१ औ वार्षिक साधारण सभाको अवसर पारेर एक वर्षमा संस्थाका सदस्य मध्ये वाट सबै भन्दा बढी दूध उत्पादन गर्ने, राम्रो दूध उत्पादन गर्ने तथा ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको हो । वर्षभरिमा सबै भन्दा बढी दूध उत्पादन गर्ने इन्द्र बुढाथोकी, चन्द्र बहादुर कार्की र प्रदीप तामाङलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

आर्थिक वर्ष २०८१।०८२ मा बुढाथोकीले ९ हजार ९ सय २६, कार्कीले ९ हजार ६० र तामाङले ८ हजार ८ सय ३१ लिटर दूध उत्पादन गर्नु भएको थियो । त्यस्तै कर्ण कुमारी पौडेल, खड्ग दर्लामी र सानु घिसिङलाई गुणस्तरीय दूध उत्पादन गरेबापत सम्मान र पुरीकृत गरीएकोे संस्थाका व्यवस्थापक भीम मल्लले जानकारी दिए । नरमाया थापालाई ज्येष्ठ शेयर सदस्यको रूपमा सम्मान गरिएको छ । कृषकमा उत्साह ल्याउन सम्मान तथा पुरस्कृत गरिएको संस्थाका अध्यक्ष नगेन्द्र पाण्डेले जानकारी दिए । आर्थिक वर्ष २०८१ । ०८२ मा संस्थाले कुल ३ करोड ३६ लाख ३३ हजार ७० रुपैयाँ बरावरको दूध बिक्री गरेको समेत जनाएको छ ।





